सिलगढीमा डा. गोविन्दराज भट्टराईको “मुगलान” को लोकार्पण

समाचार

२३ मार्च २०२५, सिलगढी

डा. गोविन्दराज भट्टराईको चर्चित कृति “मुगलान” को सिलगढी नजिक अनि सालबारीको छेउ वसुन्धरा संस्थानको मञ्चमा विधिवत लोकार्पण गरियो ।
कृतिलाई कृतिका लेखक, अनुवादक र अन्य अतिथिहरुले नेपाली र बङ्ग्लाका प्रतिष्ठित लेखकहरूको उपस्थितिमा सामुहिक रुपमा लोकार्पण गरिएको थियो ।
सो अवसरमा आफ्नो विचार पोख्दै डा. भट्टराईले बङ्ग्लाबाट नेपालीमा अनूदित कृतिहरूको तुलनामा नेपालीबाट बङ्ग्लामा अनूदित कृतिहरूको सङ्ख्या साह्रै नगण्य भएको जानकारी दिए ।
कार्यक्रमको अध्यक्षता वसुन्धरा संस्थानका संस्थापक एवं मालिक श्री सुजीत राहा थिए ।
शुरुमा प्रकाशक बुक आन्टका निर्देशक राजा पुनियानीले कार्यक्रममा स्वागत सम्बोधन गरेका थिए ।
सो अवसरमा साहित्यकार सेवन्ती घोषले अनुवादक मुक्ति प्रसाद उपाध्यायसित पुस्तकबारे चर्चा परिचर्चा गरेकी थिइन् ।
स्मरणीय छ, मुगलान उपन्यास पहिलोपल्ट विसं २०३१ सालमा प्रकाशित भएको थियो र डा. भट्टराईको हालसम्म सर्वाधिक संस्करणमा प्रकाशित हुने यही उपन्यास भएको छ । यसको अङ्ग्रजी संस्करण समेत प्रकाशित छ ।

०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *