पाँचथरमा ‘तिहारमा छैनौं दिदी’कृतिको चर्चा

समाचार

१ चैत्र २०८१, फिदिम

पाँचथर मा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाइरहेका स्रष्टा डाक्टर रमेश शुभेच्छुको गजल काब्य ‘तिहारमा छैनौं दिदी’ कृतिमाथि पाँचथरको पुरानो साहित्यिक संस्था नौलो साहित्यिक अभियान समाजले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न ग-यो ।
कार्यक्रममा पुस्तक समीक्षा गर्दै पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गानाले प्रश्तुत गजलहरुमा ग्रामीण परिवेशको सुगन्ध रहेको, ग्रामीण सामाजिक सांस्कृतिक मूल्य हरू प्रतिबिम्बन भएको, रचनालाई परिस्कृत र परिमार्जित रुपमा प्रस्तुत गरिएको, मूलत ग्रामीण परिवेशका नारीहरूका जीवन सङ्घर्षको साझा कथा प्रस्तुत गरिएको पक्ष उजागर गर्दै एउटी नारीले घर व्यवहार चलाउनका खातिर गर्ने,संघर्ष त्याग र मिहिनेतलाई प्रशस्फुटित गरेको बताँउनुभयो । ढुङ्गानाले गजलका शास्त्रीय मूल्यहरू सहित गजलमा काव्य का रुपमा यो कृति प्रयोगशील रुपमा आएको बताए ।
कार्यक्रममा अधिकारी बिमला,हिक्मत रावल,जीवन गौतम,पवित्रा प्रयत्न, र दु:खी महल तिम्सिनाले पुस्तकमा रहेका गजल बाचन गरेका थिए ! सहभागी कवि हरू मध्येबाट चिरण कोइराला,रमेश अधिकारी, लक्ष्मी गौतम, पूर्ण खड्का र प्रेम नेपालले आ-आफ्ना रचना बाचन गरेका थिए ।
पाँचथर क्याम्पसका प्रमूख खेमनाथ खतिवडा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावतीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै पुस्तकका स्रष्टा शुभेच्छुले पुस्तकमा उल्लेखित गजलमा केबल शोक र करुणा मात्रै नभएर एउटी महिलाले परिवार र समाजमा निर्वाह गर्ने भूमिकालाई उजागर गर्न खोजिएको बताए ।
नौलो साहित्यिक विहान समाज पाँचथरका कार्यबाहक अध्यक्ष खड्ग बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम को उद्देश्यमाथि संस्थाका सचिव राधा गौतमले प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए ।
संस्थाका महासचिव प्रेम ओझाले सञ्चालन गरेको सो कार्यक्रममा उनले शुभेच्छुलाई पाँचथरमा बोलाएर सुन्न पाएकामा खुसी व्यक्त गर्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *