(भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनु भएका साहित्यकार नवराज कार्कीबाट प्राप्त जबाफहरू प्रस्तुत छ)
१, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो ? फुटकर र सग्ला कृतिहरु के के लेखिए ?
सन् २०२४ मा सग्लो कृति नै त केही आएन । फुटकर कविता, मुक्तक, गीत र यात्रा संस्मरण लेखेँ र छापिए पनि विभिन्न पत्र-पत्रिकामा । एउटा पोखरा प्रति समर्पित गीत बि. वि. अनुरागीको सङ्गीतमा समीक्षा अधिकारी र वि. वि. अनुरागीकै स्वरमा रेकर्ड गरियो, जुन अहिले युट्युवमा राम्रै रुचाइएको छ ।
२, पठनको हिसाबले नेपाली र अनेपाली भाषाका के कस्ता कृतिहरू पढ्नु भयो ?
नेपालीमा पढेका -प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला जोशी), हृदय (डा. भगवान कोइराला), जेल जर्नल (विश्वेश्वर प्र. कोइराला) राष्ट्र-परराष्ट्र (डा. भेषबहादुर थापा), युरोप यात्रा (विन्दु सुवेदी) मफलर (प्रदीप रोदन), खाइराइड (राजेन्द्र कार्की), गौतम बुद्ध र उनको धम्मपद (डा. नारायण अधिकारी), नारद पुराण (डा. वद्री पोख्रेल) । यस बाहेक अरु पनि ढियो तर अहिले ठ्याक्कै सम्झिंन । अंग्रेजीमा Aspects of Buddhism (Sikkim Research institute of Tibetology and Buddhist Studies), Thomas Jefferson A liउe (Willard Sterne Randall), Complete me (J. Kenner)।
३, पढ्न खोजेर पढ्न नपाएका कुनै कृति रहे कि ?
पढछु नै भनेर खोजे त अहिलेको बजार के नपाईएला र ? त्यस्तो हुरुक्कै हुने कुनै किताब छैन ।
४, साहित्यिक गतिविधि, समारोहहरूमा कत्तीको सहभागिता रह्यो ?
यता – क्यालिफोर्नियामा लक्ष्मीजयन्ती मनाईन्छ, राज्यको राजधानी शहर सेक्रोमेन्टोमा हरेक वर्ष, यो वर्षत झन् नेपालीहरुको आफनै ‘साझा घर’ मा मनाईयो । सन् फ्रान्सिस्को बे-एरियामा आयोजित कवि सम्मेलनहरुमा पनि सहभागी भेरहन्छु । उता नेपाल र भारतमा कार्यक्रमहरु भए । काठमाण्डौंमा – मेरो एकल कविता वाचन भयो । (राजेन्द्र शलभ, बाबु बाबु त्रिपाठी र प्रज्वल अधिकारीले सर्वनाम थियटरमा आयोजना गरे) । गुञ्जनमा नारी स्रष्टाहरुले बोलाएर सम्मान गर्नुभयो गर्नुभयो । संस्थाका थुप्रै दिदी बहिनीहरू र अग्रज कवि द्वारिका श्रेष्ठ समेत सहभागी हुनु भयो, कवि, उपन्यासकार, अनुवादक, प्राध्यापक डा. गोविन्दराज भट्टराई र श्रीमती अन्जना वस्ती भट्टराईले घरैमा बोलाएर भब्य कार्यक्रम गर्नु भयो । लक्ष्मी उप्रेती (लेखक तथा सम्पादक, प्रकाशक, वनिता) ले उहाँ सल्लाहकार भएको निजी विद्यालयमा बोलाएर कार्यक्रम गर्नु भयो । कवि, उपन्यासकार, कथाकार एवम् गायिका पद्मावती सिंहले घरैमा बोलाएर साहित्यक संगीतको संयुक्त कार्यक्रम गर्नु भयो । मधुपर्क, रचना, गोरखापत्र, अभिव्यक्ति, विश्वपरिक्रमा आदि पत्रिकाहरूमा रचनाहरु छापिए । उता भारतमा गुवाहाटी, असममा जेष्ठ एवं वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई उहाँको घरैमा गएर भेटें । स्थानीय साहित्यकारहरु सित संक्षिप्त भेट र नेपाली साहित्य बारे विचार विमर्श गरियो । गान्तोक, सिक्किममा दुईटा महत्त्वपूर्ण साहित्यिक समारोहमा सहभागी भएँ । एउटा थियो- सिक्किम विश्वविद्यालय, नेपाली विभागले आयोजना गरेको मेरो ‘एकल कविता वाचन” र अर्को थियो- पाँच माईलमा सरस्वती डोल्मा मन्दिर समितिले आयोजना गरेको सम्मान कार्यक्रम । सिलिगुडी-(पश्चिम बंगाल) मा ” सिक्स्टी प्लस क्लव” ले आयोजना गरेको कवि गोष्ठि । यसै क्रममा ‘त्रिफला’ पुस्तकालय, धुलावारी, झापाको आजीवन सदस्यता लिएँ।
५, अहिले नयाँ के लेख्दै हुनुहुन्छ ?
अहिले – पहिले झैं नियमित लेख्छु। पढ्छु । मनमोजी तरिका छ मेरो । अवकाश पछिको जीवन हो, घर परिवार, नेपाली समाज, नेपाली भाषा, साहित्य, संजीत सिनेमा, योग, ध्यान साधना र मौका मिलेका सम्मका तीर्थाटन र पर्यटनमा रमाउँदै छु।