बनिने पो हो कि अचानो …(गजल)

गजल

ज्ञानुवाकर पौडेल

चित्त यहाँ सबैको सानो लाग्यो
जमाना यो सारै बिरानो लाग्यो

आधुनिक देखिए पनि जीवन शैली
सोचाई भने एकदम पुरानो लाग्यो

दुःख मा कसैलाई साथ दिउँ भने
बनिने होकी आफै अचानो लाग्यो

गरिब जनताले कहिले न्याय नपाउने
कानुन अचेल यहाँको कानो लाग्यो

रहेन भरोसा कसैमाथी पनि मलाई
अँगालो बरु यो तिम्रै न्यानो लाग्यो

०००

कवि परिचयः ज्ञानुवाकर पौडेल नेपाली गजललाई पुनर्जागरण गर्ने गजलकार हुन् । उनको पहिलो प्रकाशित रचना “कैक्टस” विसं २०३५ सालमा स्वतन्त्रता साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो । उनका २ मुक्तक सङ्ग्रहहरु निर्वासित मन (विसं २०४८) तथा अनुदित मन (विसं २०७६) र दुई गजल सङ्ग्रहहरु खण्डहर नयाँनयाँ (विसं २०४९) तथा जिन्दगी छैन अचेल जिन्दगीजस्तो (विसं २०६८) प्रकाशित छन् । उनी हाल ईमाडोल, ललितपुर बस्छन् र नियमित अष्ट्रेलिया आउजाउ गरिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *