छहरा साहित्य समाजको लेखनाथ जयन्ती

मुख्य समाचार

छहरा साहित्य समाजको लेखनाथ जयन्ती

२० पुस २०८१, काठमाडौं

कविशिरोमणि लेखनाथ पौड्यालको १४१औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा लेखनाथ पौड्यालका कविता साधना सम्बन्धी चर्चा, जीवनी प्रस्तुति तथा कविता वाचन कार्यक्रमको आयोजना गरियो ।
साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि रहेका थिए । कविशिरोमणि लेखनाथ पौड्यालका तस्विरमा पुष्पगुच्छा तथा माल्यार्पण गरी कार्यक्रम प्रारम्भ गरिएको थियो ।
कार्यक्रमको शुरुमा कार्यसमितिका सचिव भोला प्रेमीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा कवि तोया गौतमले लेखनाथ पौड्यालका कविताका विशेषताहरूको व्याख्या गर्दै उनलाई समाजका विकृति प्रति औँला ठड्याउने सचेत कवि भएको बताए ।
जगन्नाथ देवकोटा, वसन्त खनाल र भोला प्रेमीले कविता प्रस्तुत गरे । भगवती पौड्यालले लेखनाथको परिष्कृत कविता शिल्प र सन्दर्भबारे प्रकाश पारे । वाल कवयित्री सारा तिमिल्सिनाले लेखनाथको सत्य सन्देश कविता वाचन गरिन् । आनन्द पौड्यालले कविशिरोमणि लेखनाथ पौड्यालको जीवनी कवितात्मक शैलीमा प्रस्तुत गरे । गरिमा पोख्रेलले लेखनाथको संक्षिप्त जीवनी प्रस्तुत गरिन् । प्रा. गङ्गाधर कट्टेलले अमेरिकाबाट पठाएको लेखनाथ पौड्यालका कविताका विशेषता अभिव्यक्त भएको छोटो कविता कमला गौतमले पाठ गरिन् ।
प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधना बारे चर्चा गर्दै मन्दाक्रान्त छन्दमा आफ्ना दुई कविता प्रस्तुत गरे ।
ह्वाइट माउण्टेन स्कुलका प्रिन्सिपल तिलक शर्मा पौडेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले कविशिरोमणि लेखनाथ पौड्याल कवितामा आधुनिक युगको थालनी गर्ने परिस्कारवादी कवि हुन् भन्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *