नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न

समाचार

१५ पुस २०८१, काठमाडौं

नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न भएको छ ।
सो साधारण सभाले नयाँ कार्य समितिको निर्वाचन समेत सम्पन्न गरेको छ । निर्वाचन परिणाम अनुसार मोहन चापागाईंको अध्यक्षतामा , उपाध्यक्ष डा. दामोदर पुडासैनी किशोर , महासचिव भवानी खतिवडा, कोषाध्यक्ष सरिता अर्याल तथा कार्यकारी सदस्यहरु कृष्ण प्रसाईं , भीष्म उप्रेती, विष्णु प्रसाद शर्मा पराजुली, सरस्वती अर्याल, दीपक रहेका छन् । कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो र निर्वाचन आयुक्त श्रीओम श्रेष्ठ रोदन रहेका थिए ।
वरिष्ठ साहित्यकार यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष प्रतीक ढकाल, नियात्राकार पवन आलोक, संस्थापक अध्यक्ष चन्द्र प्रसाद भट्टराई, प्राध्यापक डाक्टर खगेन्द्र प्रसाद लुइँटेलले सम्मानित व्यक्तित्वको वारेमा मनतब्य प्रकट गर्दै नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए । सोही अवसरमा साहित्यकी अनुसन्धाता लीला लुइँटेलले नेपाली नियात्रा लेखनको इतिहास, नारी नियात्राकारको उपस्थिति र प्रवृत्तिसम्बन्धमा विश्लेषणात्मक विचार प्रस्तुत गरेकी थिइन् ।
सोही समारोहमा “डा. तारानाथ शर्मा नियात्रा सम्मान” वरिष्ठ साहित्यकार मञ्जुललाई समर्पण गरिएको थियो ।

1 thought on “नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न

  1. नेपाली साहित्य विषयका समाचारलाई सधैं समेट्ने विश्व परिक्रमा परिवारको सेवा स्तुत्य छ । यस सक्रियताका लागि गोविन्द गिरी प्रेरणालाई हार्दिक धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *