५ पुस २०८१, काठमाडौं ।
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले उपन्यासकार शिव प्रधानको “प्रेमाश्रु” उपन्यासको लोकार्पण कार्यक्रमको गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार शिव प्रधान लगायत मञ्चमा आसिन सबैले सामिहिक रुपमा सो उपन्यासको विमोचन गरेका थिए ।
लोकार्पित उपन्यास “प्रेमाश्रु” का बारेमा प्रा. डा.गोविन्दमान सिंह कार्कीले समीक्षा गर्नुभएको थिए । पुस्तकका सम्पादक विमल भौकाजीले स्वागत गर्दै “प्रेमाश्रु” उपन्यासको सम्पादनबारे आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, पुस्तक प्रकाशक संस्था भुँडी पुराण प्रकाशनका केशव पराजुली र कृति कार शिव प्रधानले आ आफ्नो मन्तव्य राखेका थिए ।
प्रस्तुत उपन्यास उपन्यासकार शिव प्रधानको चौथो कृति तथा दोस्रो उपन्यास हो ।
सो कार्यक्रमको सञ्चालन साहित्यिक पत्रकार प्रदीप सापकोटाले गरेका थिए ।