गिरि राज पोख्रेल
काव्यमीमांसकत्रय एउटा घतानी, प्रा.डा. कृष्णराज र अन्य दुईओटा गिरिगोविन्दामरबाट समालोचकीय वर्धनप्राप्त कवि डा. दामोदर पुडासैनी किशोर विरचित एउटा काव्यकृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे एउटा वैकृत श्रोतबाट- यद्यपि आवरणाभ्यन्तर पृष्ठमा प्रस्तुत प्रकरणकारको नाममा कवि-हस्ताक्षरयुक्त- हस्तगत हुँदा र उही वैकृत-द्वैतीयिक-माध्यमिक श्रोतबाट पूर्वोदित काव्यकृतिमाथि केही लेखिदिने-बोलिदिने व्याजेन सङ्क्रमित आग्रहको निष्पत्ति हुनेछ प्रस्तुत प्रकरण । यहाँ जो लेखिने-बोलिने छ, त्यो एउटा सम्यक् समालोचना नभई केवल र केवल ‘एउटा पाठकीय प्रभाव’ (a readerly impression) मात्र हुनेछ ।
अनाहूत आहूत हुनु र अनिष्ट परामर्श प्रदान गर्नु- यी उभय विषय सर्वथा निन्दनीय र समानरूपेण वर्जनीय हुन्- थाहा छ । तथापि, लेख्नुलाई नै आफ्नो जीवनको उत्सव सम्झने प्रस्तुत प्रकरणकार यहाँ केही लेख्ने – केही बोल्ने यत्न गर्दछ । अधिकृत अथवा अनधिकृत के हो ? थाहा छैन । स्वीकृत अथवा अस्वीकृत के हुनेछ ? थाहा छैन । तर, यो ‘लेख्नुको निम्ति लेख्नु’ मात्र पनि होइन, सायद । केही लेखिन्छ भने त्यो लेखिन्छ – एउटा आवश्यकताले – एउटा अभिरुचिले, र एउटा प्रयोजनले ।
भावनाले विचार, र विचारले शब्द प्राप्तगर्दा कविता जन्मन्छ भन्छु । र, सायद त्यही भएर आविर्भाव भयो कवि दामोदरोदरबाट प्रस्तुत विवेच्य काव्यकृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे । कुल त्रिपन्न कवितासंयुक्त प्रस्तुत सङ्ग्रहद्वारा कवि किशोरले एउटा नितान्त नवीन र समानरूपेण सशक्त स्वर नेपाली काव्य–जगतलाई प्रदान गरेका छन् भन्छु । किशोर कविमात्र हुन् उनका कविताहरू होइनन् । उनका कवितामा कैशोर्य भन्दा प्रौढता अधिकतर प्रतीत हुन्छ । न्यूनातिन्यून, प्रस्तुत प्रकरणकारलाई यस्तो लाग्दछ । काले काले यस्तो पनि लाग्दछ, एउटा काव्यकृति भनेको एउटा समालोचकीय विषय नै होइन । एउटा कविता त केवल र केवल एउटा कविता मात्र हो । कवि-भावना, कवि-विचार, र कवि-कल्पनालाई एउटा पृथक संपीडन-संघात सनाथ एउटा अभिनव औन्नत्यबाट एउटा नितान्त वैयक्तिक बिम्बोपमारूपकालङ्कारद्वारा गरिने अभिव्यक्तिको अत्युतकर्ष हो एउटा कविता । यो सार्वजनिक विमर्शको विषय नै होइन । किनभने, अग्नि अभ्यन्तर प्रविष्ट सम्पूर्ण कुराहरू अग्निमै परिणत हुन्छन् (Fire converts into fire everything that comes into it.) । हो, कविता एउटा अग्नि हो । यो काव्याग्निमा प्रवेश गर्ने सम्पूर्ण कुराहरू काव्यमय नै हुन्छन् । यही कुरा किशोरको काव्य-कृतिमा पनि प्रसक्त हुनसक्तछ, भएको छ । कवि किशोर स्वयंले आफ्नो प्राक्कथनमा भनेजस्तो आगो उमार्न जन्माइएका कविता । प्रस्तुत प्रकरणकार त अझ एकविक्रम विक्रान्त भन्न रूचाउँछ : आगो उमार्नै पर्दैन कवितामा: त्यो आफै उम्रन्छ: उम्रनु पर्दछ ।’ विज्ञेषु किमधिकम् ?
यत्पूर्वम्, यत्किमपि भनिएपनि काव्यिक समालोचना प्राच्यप्रतीच्योभय परम्परामा भरत मुनि [ई. पू. २०० (?)] को नाट्यशास्त्र, दण्डि (ईशाको ७औँ – ८औँ शताब्दि) को काव्यादर्श, अरिस्टोटल (ई. पू. ३८४ – ३२२) को पोयटिक्स, होरेस् (ई. पू. ६५ – २७) को आर्स पोयटिका, लोञ्जाइनस् (ई.सं २१३ – २७३) को अन् द सब्लाइम्, जस्ता विविध कृतिहरूद्वारा एउटा पृथक विधाकै रूपमा विकशित भएकै हो । अध्ययन-अध्यापनको क्रममा प्रस्तुत प्रकरणकार पनि नैक समालोचकीय सिद्धान्तहरूसँग चिरपरिचित भएकै हो । सम्पूर्ण समालोचकीय सिद्धान्तहरूका यथास्थानमा यथोचित भूमिका र औचित्य भएतापनि वर्तमान कालखण्डमा अतिबहुल समालोचकीय सिद्धान्तका अतिभारबाट अभिपीडित हुनुभन्दा प्रस्तुत प्रकरणकार केवल एकाध अथवा दुईचार सिद्धान्तहरूलाई मात्र आफ्नो निर्देशक सिद्धान्त भन्न-मान्न रूचाउँछ । काले काले यस्तो पनि लाग्दछ, बाँकी त सम्पूर्ण केवल एकेकोटा वकवास मात्र – केवल एकेकोटा वाग्बाहुल्य मात्र ।
प्रस्तुत प्रकरणकार निर्देशित हुन रूचाउने एउटा नेपाली बहुविधाविज्ञ पं. नयराज पन्त (ई.सं १९१३- २००२) [?] प्रदत्त समालोचकीय सिद्धान्त शत्रोरपि गुणावाच्या, दोषावाच्या गुरोरपि एउटा, स्वामी दयानन्द सरस्वती (ई.सं १९३० – २०१५) [?] प्रदत्त गुणेषु गुणाविष्करणम्, दोषेषु दोषाविष्करणम् अर्को; र एम्. एच्. अब्राम्स (ई.सं १९१२ – २०१५) [?] प्रदत्त प्रस्तुत प्रकरणकारले स्मरणार्थ साइन्स [SCIENCE: {S(crutinize)} {C(riticize)} {I(nterpret)} {E(xplain)} {N(ectarize)} {C(reate)} {E(valuate)}] भन्न रूचाउने एउटा अर्को भन्दा अन्यतर समालोचकीय सिद्धान्त नै आवश्यक हुन्छ जस्तो लाग्न छोडेको छ प्रस्तुत प्रकरणकारलाई । प्रस्तुत प्रकरणकारद्वारा प्रास्ताविक पञ्चपकार नामकृत परिष्कार, पैशल्य, प्रकाश, प्रताप, र प्रज्ञान संयुक्त लेखनको एउटा अर्को (अ)सिद्धान्त पनि छ आफ्नै एउटा समालोचकीय तुष्टिको निम्ति ।
समयस्थानसङ्कोचवशः विस्तीर्ण चर्चा नगरिकन पूर्वोदित केही समालोचकीय कषपाषाणमा स्थापन गरी हेर्दा किशोरका कविता उत्तम यदि होइनन् भने उत्तरतर कोटिका हुन् भन्नु अतिशयोक्ति हुनेछैन भन्छु ।
सम्पूर्ण सङ्ग्रह-शीर्षक-प्रदायक र स्वयं एउटा कविता पनि मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे एउटा अत्यन्त उपयुक्त र सुविचारित शीर्षक प्रतीत हुन्छ । यहाँ, मेन स्ट्रीट भनेको कुनै राज्य-विशेष – शहर-विशेष एउटा मुख्य सडक पनि हुनसक्तछ; अथवा उपलाक्षणिक भाषामा भन्नुपर्दा सम्पूर्ण [मानवेजीवनकै सडक] अथवा जीवन–मार्ग पनि हुनसक्तछ । कुदिरहेकी भन्नु तथाकथित आधुनिक जीवनको एउटा तीव्र संवेग – स्पर्धाको एउटा मूषिका प्रतियोगिता – अथवा, सदा कुदेर पनि कहीँ नपुगिने केवल एउटा कालायापन – जे पनि हुनसक्तछ । मान्छे भन्दा पुरूष-स्त्री दुवै बुझिने – सिग्मण्ड फ्रायड् (ई.सं १८५६ – १९३९) को विचारमा – पुरूष–लिङ्ग संकेन्द्रित (phallo-centric) मानवीय भाषाको पर्यालोकमा हेर्दा किशोरकी स्वास्नीमान्छेले लोग्नेमान्छे पनि बुझाउन सक्छिन् भने कसको के बिग्रन्छ र ? पुरूषलाई एउटा खोल्ने कुञ्जिका (key) र स्त्रीलाई एउटा पर्खीबस्ने तालक (lock) को रूपमा हेरिनु सर्वथा अनुचित हो भन्छिन् न्यु योर्क विश्वविद्यालयमा सामाजिक-सांस्कृतिक मानवशास्त्रकी प्राध्यापक रहेकी एम्ली मार्टिन् (जन्मः ई.सं.१९४४) पनि । स्त्रीलाई कुञ्जिका र पुरूषलाई तालक भन्दा के हुन्छ ? अथवा, पुरूष र स्त्री भनेका एउटै लोलक (locket) का योजित हुने दुई अनुरूप भागहरू हुन् भन्न नसक्नु हाम्रो कार्पण्यदोष मात्र हो । र, यही दोषको परिशोधन हेतु कुदिरहेकी छिन् किशोरकी स्वास्नीमान्छे, सायद ।
सङ्ग्रहका सम्पूर्ण कविता यथास्थानमा स्वयं समानरूपेण आस्वादपूर्ण, आनन्दप्रदायक, तथा नैतिकरूपेण प्रगाढ छन् । तथापि, आस्वाद, आनन्द तथा नैतिकताका मानकहरू आ-आफ्नै हुनसक्तछन्, हुन्छन् । अतोनिमित्तम्, अब प्रस्तुत प्रकरणको शेषांशमा प्रस्तुत प्रकरणकारलाई भावना, विचार, शैलीसौष्ठव र शब्दसौकर्यको स्तरम विशेषरूपेण स्पर्श गर्न सफल केही इप्सित कविताका केही इप्सित कवितांशहरू प्रस्तुत प्रकरणकारका (अर्ध)वाक्यात्मक टिप्पणि सनाथ यहाँ प्रस्तुत गर्नु युक्तियुक्त हुनेछ भन्ने सम्झन्छु
मलाई थाहा छ
तिमी मरिहत्ते गर्छौ मसँग प्रेममा
जमाना बदलियो
अब प्रेममा पनि कर भुक्तान नगरी सुख्खै छैन
(अमेरिकन एक्सप्रेस = प्रेममा कृत्रिमता तथा भौतिकताको प्रवेश)
हरेक साँझ
एउटा जूनलाई धुनु छ कञ्चन पोखरीमा
र उडाइदिनु छ उसलाई
आकाश छेकिरहेका घरका छतहरूमा
आकाश र मेरो गोप्य बैठक चलिरहेछ
मुभिङ टाउनका गल्छेडाहरूमा
(साँझको सँघार = तथाकथित आधुनिकताद्वारा आक्रान्त प्रकृतिको चित्रण )
तिमी बादलमा इतिहास लेख्ने कुरा गर्दैछौ
म पुरै आकाशमा इतिहास लेख्न लागिरहेछु
तिमी इतिहासको बजार चाहिन्छ भनिरहेछौ
म बजारको इतिहास चाहिन्छ भनिरहेछु
(क्लाउड सिडिङ = अंशको विरूद्ध अंशीको अन्वेषण )
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेसँग
निद्रा हुँदैन, भोक हुँदैन र हुँदैन कुनै नाता सम्बन्ध
उ केवल मेसिन जिन्दगीको राप ताप्छे
र मेसिनभन्दा अलि दह्रो समयसँग कावा खान्छे
(मेन स्ट्रीटमा कुदिरहेकी स्वस्नीमान्छे = विखण्डित यान्त्रिक जीवन बाँच्नुको विवशता)
एक कप कफी
एक ग्लास बियर
र एक टुक्रा ब्रेडबाट
कसरी पुतपुताउँछ जिन्दगीको धूवाँ
समयको वासलातमा सन्तुलन खोजिरहेछु
(अमेरिकन ब्लुज = एउटा नैयमिक जीवनको निस्सारता )
म कवितालाई हतियार भन्छु
तिमी हतियार नै कविता हो भनिरहेछौ
तिम्रा हतियारले क्षतविक्षत पारेको घाउमा
मैले कविता रोपेँ
त्यही कविताले संसार हल्लाउँदै छ
(अमेरिका ! ओ अमेरिका !! (२) = हतियारको विरूद्धमा काव्यशक्तिको सुन्दर अभिव्यक्ति)
मलाई मान्छेको रङ्ग चाहिन्छ
मान्छे भएपछि बास्ना चाहिन्छ
हिँडिरहने संसार र रङ्गीन विचार चाहिन्छ
(स्टारबक्स, इन्क्युबेटरमा ओथारो बस्छ = मानवीय जीवनमा गतिशीलताको आग्रह)
समुद्रलाई पनि
कहिलेकाहीँ
समुद्र छोडेर
छुट्टै बस्न मन लाग्छ होला
लेक मिशिगनका आँगनहरूमा बसाईँ सर्छ उ पनि
(अग्निकुण्ड र लेक मिशिगन = एउटा नैयमिक जीवनको निस्सारताबाट मुक्तिको इच्छा)
रातहरूलाई पिइरहेँ
दिनहरूलाई चपाइरहेँ
साँझ बिहानलाई काटिरहेँ टुक्राटुक्रामा
जीवननदीहरू रोकिनखोजे बाधाका बाढीहरूले
समयको एउटा पुस्तक
च्यातिँदै गयो धुजाधुजा बनेर
(टेक्ससको अन्तिम रात = जीवन बाँच्ने उपक्रममा सामयिक शक्तिको आप्त ज्ञान )
क्रेडिट कार्डको एक घोटाइमा
सुलुसुलु दाम निल्ने वालमार्टले
कमाउने र गुमाउने दुवैलाई
लुत्तो कन्याएझैँ दिइरहेछ आनन्दी घाउ
(टेक्ससको वालमार्टमा = उपभोक्तावादी जीवनको वृथानन्द )
गाभिनु बनाइरहू समयलाई
जीवन सकिएपछि पनि फुलिरहन्छन्
जीवनका चोसेमोसे पूmलहरू !
(रित्तो समयका बुट्टाहरू = समयोपयोग तथा सृजनाको महत्ता )
मान्छेका
मुखमा माड लगाउने गल्छेडाहरू
बिस्तारै खोस्न सकेकोमा
मुसुमुसु हाँस्दै अघि बढिरहेछ आर्टिफिसियल इन्टिलिजेन्स
(सटडाउन सिलिकन भ्याली = कृत्रिमप्रज्ञाको आगमनसँगै मानवीय जीविका अपहृत हुनसक्ने अभिशङ्का )
मान्छेहरू
सपनाको सागर बोकेर ओर्लिरहेछन्
र बिउँझिरहेछन् सधैँ विपनाको उकालोमा
यही मोडमा बुझेका हुन् उनीहरूले
माया र माटोको वास्तविक अर्थ
(क्रोमोजोमका कोलाजहरू = सपना र विपना विमध्यस्थित पार्थक्यद्वारा जागतिक यथार्थबोध)
अरू केही चाहिन्न मान्छे बन्न
निक्खर मान्छे र निक्खर पूmल
उठाउन सकेपुग्छ
यो संसारमा !
(सिग्नोरा – २०२३ = मानवीय-प्राकृतिक सौन्दर्यबोधद्वारा मान्छे बन्नसकिने सरल सूत्र)
हस्ताक्षर !
सिर्फ तिम्रो एउटा हस्ताक्षरले
ब्युँझन सक्छ मृत संसार
(हस्ताक्षर = सम्पूर्ण जीवन-जगत रक्षार्थ एउटा संवेदनशील मानवीय हस्तक्षेपको आवश्यकता)
तिमीले पीडा भनिरहेका भ्रमहरू हुन्
घाउ भनेका नयाँ गोरेटा
प्रेम भनेका बिसेक नहुने घाउ
काई परेका सपनाहरू कन्तुरमा कोचेर
दन्त्यकथाका परीहरूसँग सयर गर्न
वायुपङ्खी घोडाको वेगमा
सगर र सागर दौडिनेहरूसँग
ठोक्किँदैछु म चोक र मोडमा
(चक्रवातका टिस्यु कल्चरहरू = प्रेमको अनुभवसिद्ध परिभाषा // बादलमा हिँड्ने नेफेलिबाताहरूको संसार)
झरेका पातलाई सम्झेनन्
नयाँ पलाउने पातहरूले
झर्नेले गाइरह्यो —
मैले छोडेको डोबमा मुस्कान होस् सधैँभरि !
(छालहरू = अनुजनताको कृतघ्नता अग्रजनताको सदाशयता-विधिको विडम्बना, सायद)
जीवनलाई कविता बनाउँन हिँडिरहेछु
कवितालाई जीवन बनाउँन हिँडिरहेछु
कहिले सकुँला खोइ
जीवनभर कुँदेका मूर्तिहरूलाई
संसार बिउँझाउने आवाज दिन
(ट्रम्फ टावर अघिल्तिर = जीवनमा कला र कलामा जीवनको सार्थ खोज)
अमेरिका लिन्छ, सबैलाई लिन्छ
मौरीले मह जम्मा गरेझैँ
र बसिरहन्छ रानो बसेझैँ
(भँडखारो अमेरिका = हो, ‘किशोर ! अमेरिका एउटा विलापन पात्र (melting pot) हो । यसले लिन्छ मात्र होइन निल्छ पनि ।)
अहिलेसम्मका सबै चिल्थराहरू
ग्राउण्ड जिरोमा जलाएर
नयाँ ग्राउण्ड जिरो ठड्याइरहेछु
(ग्राउण्ड जिरो = भूतका सारा विकृतिहरूलाई विनष्ट गर्दै एउटा आत्यन्तिक नवीन प्रस्थान–प्रान्त निर्माण गर्ने ‘किशोर’को एउटा प्रौढ अभिलाप)
एउटा प्रज्ञासम्पन्न अमेरिकी कवि, निबन्द्धृ तथा दार्शनिक राल्फ वाल्डो इमर्सन् (ई. सं. १८०३ – १८८२) ले ई. सं. १८४४ मा गरेको एउटा आह्वान – यस्तो कविको निम्ति जसले – आफ्नो भौगोलिक वैराट्यले हाम्रा आँखाहरू तिर्मिराईदिने – अमेरिका स्वयंलाई एउटा सुन्दर कविताको रूपमा हेर्न र कुनै छन्दको प्रतिक्षा नगरीकन यसको वैशिष्ट्यलाई वर्णन गर्न सकोस् – को प्रत्युत्तरस्वरूप निव्र्याजम् एकादश वर्ष पश्चात् ई. सं. १८५५ मा आफ्नो प्रथम र स्वामी विवेकानन्द ( ई. सं. १८६३ – १९०२) को विचारमा अन्तिम पनि एउटा महान काव्यकृति लिभ्ज अव् ग्रास् (तृणका पर्णहरू) लिएर उदाउने र आफ्नै समकालीन अमेरिकी कवि एम्ली डिकिन्सन् (ई. सं. १८३० – १८८६) जस्तै अमेरिकी कवितालाई एउटा नितान्त नवीन र सशक्त स्वर प्रदान गर्ने कवि वाल्ट ह्विट्मन् (ई. सं. १८१९ – १८९२) को उचित स्मरण गराउँछन् किशोरका कविताले । इमर्सन्को आह्वान ‘किशोर’ले पनि सुनेका रहेछन्, सायद ! त्यसैले त एउटा अथवा अर्को रूपमा स्वयं अमेरिका नै एउटा कविताको रूपमा चित्रित छ – वर्णित छ यहाँ । कवि किशोरलाई अमेरिकी प्रवासकालीन समयले दिएका सुखहरू हुन् उनका कविता र हुन् दुःखहरू पनि उही एउटै समयले दिएका । अब, यी सुख-दुःखहरू कविका मात्र रहेनन् – हामी सबैका साझा हुन् । विशेषतः अमेरिका प्रवासस्थ सम्पूर्ण (नेपाली मात्र) का व्यक्त–अव्यक्त आवाज हुन् कैशोर्य कविता । अमेरिकी ह्विट्मन् उनै हुन् जोसँग केवल एक रात सुत्नकै लागि ओस्कार वाइल्ड (ई.सं. १८५४ – १९००) ले एउटा लामो यात्रा तय गरेका थिए लण्डनदेखि न्युयोर्कसम्मको । यो कुरा प्रस्तुत प्रकरणकारको होइन; स्वयं वाइल्डले न्यु योर्कमा समायोजित एउटा साहित्यिक समारोहमा सार्वजनिक रूपमै भनेका हुन् । केवल एउटा प्रसङ्ग मात्र ।
किशोरका कवितासँग कालायापन गरिरहँदा प्रस्तुत प्रकरणकारलाई एकैसाथ स्मरण भइरहे रोबर्ट फ्रस्ट (ई. सं. १८७४ – १९६३), सिल्भिया प्लाथ (ई. सं. १९३२ – १९६३), एड्रियन रिच् (ई. सं. १९२९ – २०१२), र अन्यान्य धेरै धेरै कविहरू । कवि किशोरले आफ्नो प्राक्कथनमा आगो उमार्न जन्माइएका कविता भनेपनि प्रस्तुत प्रकरणकार त भन्दछ – कोलम्बिया दीक्षित एउटा अमेरिकी साहित्यकार आर्नोल्ड एडोफ् (जन्मः ई. सं. १९३५) ले भनेजस्तो – किशोरले यहाँ एकैपटक गुलाफ फुलाउन, र आग्नेय छुर्ण ओकल्न सकेका छन् । पाठकको हृदयमा जमेको समुद्रलाई चिर्ने काफ्का (ई. सं. १८८३ – १९२४) को बञ्चरो हुन् कैशोर्य कविता । दामोदरका कवितामाथि कृष्णको समालोचना – कृष्ण-दामोदर नाम त एउटै हो । गिरि नाम (गिरिराज पोख्रेल) को एउटा पाठकीय प्रभाव र गिरी अभिनाम (डा. अमर गिरी तथा गोविन्द गिरी ‘प्रेरणा‘) का समालोचकीय आलेखहरूको संयोग पनि प्रस्तुत काव्यकृतिमा एउटा अर्को सुखद संयोग हुनसक्ने छ ।
प्रस्तुत प्रकरणकार स्वयं अङ्ग्रेजी भाषा–साहित्यको अधीयान हो; तथापि एउटा आग्रह त गर्नैपर्दछ, गर्दछु । हाम्रो आफ्नो संस्कृत–प्राकृत भाषाले हाम्रा भावना–विचारलाई सम्प्रेषण गर्न सकेसम्म अङ्ग्रेजी आदि भाषाको प्रयोग गरिरहँदा साङ्कर्यदोष लाग्न सक्तछ । शब्दहरू त निर्माण गरिने कुराहरू हुन् – निर्माण गर्ने प्रयास गरौँ । यथाः
एक्सप्रेस = द्रुत वेगिन्/ वेगदुतयान डायस्पोरिक = प्रवासस्थ
क्लाउड सिडिङ् = मेघ वीजारोपण/मौसम विवर्तन ब्लुज = सन्ताप/विषाद/निरानन्द
मेन स्ट्रीट = मुख्य सडक/मार्ग; राजमार्ग; महामार्ग इन्क्युबेटर=अण्डपोषक/सुरक्षित गृह
सिलिकन भ्याली = सैकतीय उपत्यका / शैलसन्धि कोलाज = बहुरङ्गी कला
ग्राउण्ड जिरो = उद्गम / प्रस्थान बिन्दु / स्थल / आधार सिन्योरा (सिग्नोरा) = महोदया
केही ज्ञानाज्ञानकृत र केही मुद्रण–टङ्कणजन्य प्रमादहरू, यथाः
ब् women Ö A woman रस्वादन = रसास्वाद(न)
प्रभृत्ति = प्रभृति अर्जस्वी = ऊर्जस्वि(न्)
आवाव = आवाज यथासक्य = यथाशक्य
असरहरूका परिणामहरूलाई = आधिक्यदोष (? ) आश्वादन = आस्वादन
समयाबधि = समयावधि बिधा = विधा
बृद्ध = वृद्ध म्याडलिन मुनरो = म्यारिलिन् मुन्रो
लाई क्षन्तव्य नै मान्नु पर्दछ, सायद ।
अन्त्यमा,
यथामति, यथागति विरचित यो एउटा पाठकीय प्रभाव नामकृत एउटा प्रकरण विन्स्टन् चर्चिल (ई. सं. १८७४ – १९६५) का शब्दमा ‘यो एउटा संहार होइन । संहारको समारम्भ पनि होइन । यो त एउटा समारम्भको संहार मात्र हो । भन्छु र पर्यवसानपूर्व कवि किशोरको लेखनीद्वारा भव्यतामा अतिरिक्त ‘परिष्कार, पैशल्य, प्रकाश, प्रताप, र प्रज्ञान’ संयुत पाठहरू संरचित-सुरचित हुनसकून् भन्ने एउटा शुभेच्छा सनाथ अदवन्तेचेति न्यायःको सिद्धान्तले पनि एउटा पर्यवसान त गर्नैपर्दछ, गर्दछु । इतिभाव ।।
लेखक परिचयः गिरिराज पोखरेलले सन् १९९५ मा परिमार्जन द्वैमासिकमा “रोबर्ट फ्रष्ट एण्ड हिज एट्टिच्युड टुवार्डस् लाइफ” प्रकाशनसँगै लेखन शुरुवात गरेका हुन् । प्युठानमा जन्मेका उनी हाल तारकेश्वर, काठमाडौंमा बसोवास गर्छन् । उनका “अ ब्रिफ ईन्ट्रोडक्सन टू ईङ्गलिस ल्याङ्ग्वेज एण्ड लिटरेचर”(सन्१९९९), “ईत्यादि”(सन्२०१३) सिर्जनात्मक तथा आलोचनात्मक लेखहरुको सङ्ग्रह आदि कृति प्रकाशित छन् ।
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे, नितान्त नवीन र सशक्त स्वर

(ट्रम्फकष्अ टावर अघिल्तिर = जीवनमा कला र कलामा जीवनको सार्थ खोज)

०००