१६ मंसिर २०८१, काठमाडौं
डिशहोम १२खरी कथाको छैठौं बर्षको प्रतियोगितामा विष्णु पादुकाको ‘माग्युद् खोना’कथाले प्रथम भएर एक लाखको पुरस्कार जितको छ । त्यसैगरी दोश्रा भएर प्रमेय भण्डारीको ‘कृत्रिम सपना’ कथाले साठी हजार तथा र तेश्रा भएर विवेक धिमालको ‘मैले देखेको विद्यालय’ कथाले चालीस हजार रुपैयाँ जितेको छ ।
कथा विधाको सर्वाधिक राशी भएको यो प्रतियोगितामा विश्वभरका नेपाली भाषाका कथाकारहरूले भाग लिन पाउने भएर पनि यो प्रतियोगिता चर्चामा रहने गरेको छ । साथै पुरसकार वितरण समारोह पनि निकै भव्य हुने गरेकोले यो प्रतियोगिताको विशेष महत्त्व बढेको देखिएको छ ।
समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत कथाकारहरू तथा उत्कृष्ट २२ कथाकारहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र
प्रदान गरे । साथै उत्कृष्ट २५ कथाको पुस्तक समेत विमोचन गरे ।
समारोहलाई प्रमुख अतिथि, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी उत्कृष्ट कथाका सम्पादक नयनराज पाण्डे, निर्णायक समूहकी संयोजक डा. ज्ञानु पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
यस वर्ष प्रतियोगितामा भारत, चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड लगायतका कथा स्रष्टाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।