१२ मंसिर २०८१, काठमाडौं
नेपाल वाङ्मय परिषद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै वि.सं २०८० का लागि नेपाली वाङ्मय साधना सम्मान, पद्मा–रामचन्द्र लघुकथा सम्मान, राधिका–गोपालदत्त लघुकथा सम्मान तथा कर्मयोद्धा सृजना सम्मानको निर्णय घोषणा गरेको छ ।
प्राप्त जानकारी अनुसार वि.सं २०७१ मा स्थापित पद्मा-रामचन्द्र लघुकथा सम्मान नवराज रिजाल (बारा)लाई, वि.सं. २०७२ सालमा स्थापित नेपाली वाङ्मय साधना सम्मान गोपाल अश्क (पर्सा)लाई, वि.सं. २०८० मा स्थापित कर्म योद्धा सृजना सम्मान राजेन्द्र तारकिणी (बैतडी)लाई तथा वि.सं. २०८० मै स्थापित राधिका गोपालदत्त लघुकथा सम्मान डा. रामनिवास मानव (हरियाणा, भारत)लाई प्रदान गरिने भएको छ ।
यी सबै सम्मानको साथमा १० हजार राशी, दोसल्ला र सम्मानपत्र रहेको छ ।
नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्ट रहेका छन् ।
