अनेसास शिखर पुरस्कार वितरण सम्पन्न

समाचार

११ मङ्सिर २०८१ , काठमाडौ ।

शिखर बैद्यको ६२ औं जन्मजयन्तीको अवसरमा आयोजित “अनेसास शिखर पुरस्कार” काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार एवं पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गरिएको छ । प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उनलाई नगद ३३,३३३/- राशि प्रदान गरेका थिए । नलाई सो अवसरमा सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित सम्मान गरिएको थियो ।
“अनेसास शिखर पुरस्कार”का अध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पुरस्कार समितिका सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कार, अनेसास कतार र पुरस्कृत सर्जकबारे आफ्नो स्वागत मन्तव्य राखेक थिए ।
कान्तिपुरमा आवद्ध कार्कीको “सनैया” उपन्यास प्रकाशित रहेको छ । मकवानपुरका कार्कीले कतार बस्दा पुर्‍याएको योगदानको लागि यो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष प्रेमप्रसाद भट्टराई, अनेसास केन्द्रीय पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला, अनेसास केन्द्रीय निवर्तमान उपाध्यक्ष साहित्यकार रेनुका सोलु र सर्जक रमेशानन्द वैद्य लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
सो कार्यक्रम अनेसास कतारका अध्यक्ष गजलकार लेख कार्कीले सहजीकरण गरेका थिए ।
स्मरणीय छ, यो पुरस्कार २०७७ सालमा स्थापना गरिएको थियो र हालसम्म साहित्यकारहरु विनोद खड्का, बद्रीप्रसाद पराजुली र गिरिश्रीस मगर सम्मानित भइसकेकाछन् ।

००

Leave a Reply

Your email address will not be published. Required fields are marked *