११ मंसिर २०८१, काठमाडौं
‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का लागि प्रतिस्पर्धी रहेका पहिलो चरणका ५२ कथाहरू मध्येबाट उत्कृष्ट २५ कथाका कथाकारको नाम छनौट गरेको छ ।
उत्कृष्ट २५ कथाकारहरुमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित के.सी., दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।
मूल निर्णायक समूहका संयोजक साहित्यकार/समालोचक प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरू साहित्यकार डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो ।
यी २५ कलाकारहरूमध्ये प्रथम हुने एक कथाले एक लाख, दोश्रो हुने एक कथाले ६० हजार तथा तेश्रो हुने एक कथाले ४० हजार तथा २२ कथाकारहरूले ५ हजार जनही प्राप्त गर्नेछन् ।
यी २५ कथाहरू प्रकाशन क्षेत्रको अग्रणी फाइन प्रिन्टले प्रकाशन गर्नेछ ।
बाह्रखरी मिडियाले जनाए अनुसार मंसिर १६ गते एक समारोहका वीच पुरस्कारको घोषणा, पुरस्कार वितरण तथा उत्कृष्ट कथाको पुस्तक विमोचन हुनेछ ।
यस वर्ष यस प्रतियोगिताका लागि ९३७ कथा प्रतिस्पर्धी थिए ।
०००