एक लाखको कथा पुरस्कारका लागि बाउन्न कथाकारका कथाको छनौट

मुख्य समाचार

२६ कार्तिक २०८१, काठमाडौं

छैठौं बाह्रखरी कथा प्रतियोगिताको लागि ५२ कथाकारहरू छनौट भएका छन् ।
प्रतियोगिताका लागि प्राप्त कूल ९३७ कथाहरूमध्ये बाह्रखरीको आन्तरिक छनोट समितिले ५२ वटा कथा चयन गरेको हो ।
खासमा ५० कथा छनौट गरिने सूचना जारी भए पनि समान अङ्क प्राप्त भएकोले ५२ कथा छनौट गरिएको जनाइएको छ ।
छनौट भएका कथाकारहरूमा अनिता न्यौपाने, भूमिका थारु, विष्णु पादुका, ध्रुव अधिकारी, दीक्षित के.सी., दुर्गा ढेंगा, महेन्द्र महक, नारद थपलिया, राजु मियाँ, सुदीप चापागाईं, तुल्सी गिरी, अनिता कोइराला, अनुपम रोशी, अप्सना चौलागाईं, अरुणप्रसाद चौधरी, वसन्त बायुङ राई, विवेक धिमाल, विमला तिवारी, विशालबाबु बस्नेत, देवेन्द्र खापुङ, डा. हिमलाल श्रेष्ठ, हर्कबहादुर लामगादे, इलैया पाठक, जीतबहादुर कटुवाल, कर्मसही घर्ती मगर, केदारनाथ झा, ललिता दोषी, मिरमा, पवन ओली, प्रवीण याम्फू, राधिका कल्पित, समर्पण श्री, पूर्णबहादुर लिम्बु, सञ्जय पन्थी, सपना अधिकारी, शारदा स्टेफी, सीमा हैदर, सूचना तिमिल्सिना, तोयम, चेतनाथ आचार्य, अनिता पन्थी, बैकुण्ठ ढकाल, दिव्य गिरी, कान्ति न्यौपाने, मधुर भट्टराई, मातृका सुवेदी, प्रमेय भण्डारी, यशोदा अधिकारी, भागवत खनाल, टीकाराम पोखरेल, संजय साह मित्र र रमेशजंग थापाका कथा परेका छन् ।
स्मरणीय छ, यी छनौट भएका कथाकारहरुमा यस अघिका प्रतियोगितामा छनौट भएका कथाकारहरू समेत रहेका छन् ।
यस वर्षको प्रतियोगितामा स्थापित कथाकारहरुलाई समेत सामेल हुन सार्वजनिक आग्रह गरिएको थियो तर यो ५२ कथाकारको सूचिमा स्थापित कथाकारहरुको सहभागिता भएको देखिएन ।
अब यी कथाकारका कथाहरुलाई प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वको डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित मूल निर्णायक समूहले प्रथम, दोश्रो र तेस्रो सहित कूल उत्कृष्ट २५ कथा छनोट गर्नेछ ।
विगतका वर्षहरूमा झैं प्रथमले १ लाख, दोश्राले ६० हजार र तेश्राले ४० हजार तथा २२ उत्कृष्ट कथाका कथाकारले ५ हजार जनही रकम प्राप्त गर्नेछन् ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *