प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित

समाचार

२० कार्तिक २०८१, भक्तपुर

चक्रपाणी स्मारक प्रतिष्ठानले प्रा.डा. गोविन्दराज भट्टराईलाई “चक्रपाणी स्मरण पुरस्कार–२०८१” ले सम्मानित गरेको छ ।
गणतन्त्रपूर्व नेपालको राष्ट्रिय गानका स्रष्टा चक्रपाणी चालिसेको जन्मस्थान सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणीको प्रतिमास्थलमा पुर्वसचिव द्धारिकानाथ ढुंगेलले सो सम्मान हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रा. डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । डा.भट्टराईले नेपाली साहित्यलाई विश्वसामू चिनाउन अहम भूमिका निर्वाह गरेको चर्चा कोइरालाले गरेका थिए ।
सम्मानित व्यक्तित्व भट्टराईले चक्रपाणी स्मरण सम्मानले आफुले जीवनमा नेपाली साहित्यमा केही योगदान गरेको अनुभती भएको बताए ।
सोही कार्यक्रममा राष्ट्रव्यापी कथा प्रतियोगितामा पुरस्कृत कथाकारहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

1 thought on “प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *