चक्रपाणी कथा प्रतियोगिताका विजयी पुरस्कृत गरिए

मुख्य समाचार

२० कार्तिक २०८१, काठमाडौं

चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा आयोजित नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगितामा जाजरकोटका शिवराज शाही ठकुरीको “सन्तानको फोटो” प्रथम भई ३० हजार रुपैयाँ पुरस्कार जितेको छन् ।
लोहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ को “मैले नभित्राएकी बुहारी” द्वितीय भई २० हजार र रुपक अलङ्कारको “बङ्गाली बाबा” तृतीय भई १० हजार १० हजार जितेका छन् ।
त्यस्तै प्रकाश नेपालीको “मेलम्ची कहिले सुक्छ सरकार” अनिता पन्थीको “जुगुप्सा” लाई रु. ५ हजार राशीसहितको “आरुषी महर्जन” गुणवत्ता पुरस्कार पुरस्कार प्रदान गरिएको छ ।
चक्रपाणि स्मारक प्रतिष्ठानले आयोजना गरेको नेपाल राज्यव्यापी खुल्ला कथालेखन प्रतियोगितामा ६६ कथा प्राप्त भएका थिए र यसअघि ३० उत्कृष्ट कथाको सूचि प्रकाशित गरिएको थियो । ती ३० कथामध्येबाट पुरस्कृत गरिएका हुन् ।
यस प्रतियोगिमा साहित्यकारहरु शैलेन्द्र साकार, इस्माली र डा. बिन्दु शर्मा निर्णायक रहेका थिए ।
सबै पुरस्कृतलाई पुरस्कार समर्पण तथा ३० उत्कृष्ट कथाको सङ्कलन समेत एक समारोहका वीच सार्वजनिक गरिएको थियो । पुस्तकको सम्पादन रामगोपाल आशुतोषले गरेका हुन् ।
सो समारोहमा वरिष्ठ कवि शैलेन्द्र साकार,पदम दाहाल युवा कवि सुरेश गाउँले, सञ्जय सुमन, दिलकुमारी डङ्गोल, वसन्त नकर्मी, तेजकुमार श्रेष्ठ, रेणुका भट्टराई, ज्ञानु विद्रोही र राजेश केसीले कविता वाचन समेत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *