साझा पुरस्कारः केही रोचक जानकारी

साहित्यिक कीर्तिमान

विश्वपरिक्रमा डेस्क

१, साझा पुरस्कार २०२६ सालमा स्थापना भएको थियो र पहिलोपल्ट भूपि शेरचनले “घुम्ने मेचमाथि अन्धो मान्छे” कविता सङ्ग्रहका लागि पाएका थिए ।
२, विसं २०३९ सालमा साझा पुरस्कार जनकलाल शर्माको “हाम्रो समाजःएक अध्ययन” तथा मदनमणि दीक्षितको “माधवी” उपन्यासलाई संयुक्त रुपमा प्रदान गरिएको थियो तर मदनमणि दीक्षितले भने यो पुरस्कार अस्वीकार गरेका थिए ।
३, साझा पुरस्कार पाउने पहिलो लेखिका वानीरा गिरी थिइन् । उनले विसं २०५६ सालमा “शब्दातीत शान्तनु” उपन्यासका लागि पाएकी थिइन् ।
४, दिवङ्गत लेखकलाई पहिलोपल्ट विसं २०४९ सालमा प्रदान गरिएको थियो । यसरी मरणोपरान्त साझा पुरस्कार महाकवि लक्ष्मी प्रसाद देवकोटाको “पृथ्वीराज चौहान” महाकाव्यलाई प्रदान गरिएको थियो ।
५, साझा पुरस्कार र मदन पुरस्कार पाउने पहिलो कृति भवानी भिक्षुको “आगत” उपन्यास थियो । यो घटना विसं २०३२ सालमा भएको थियो ।
६, साझा पुरस्कार २ पटक पाउने पहिलो साहित्यकार ध.च.गोतामे थिए । उनले “घामका पाइलाहरू” उपन्यासका लागि २०३५ सालमा तथा “यहाँदेखि त्यहाँसम्म” उपन्यासका लागि विसं २०४२ सालमा पाएका थिए ।

000

Leave a Reply

Your email address will not be published. Required fields are marked *