धरावासीको “अर्धकट्टी” बिमोचित

मुख्य समाचार

१७ असोज २०८१, काठमाडौं

विसं २०६२ सालमा “राधा” उपन्यासका लागि मदन पुरस्कार पाउने चर्चित साहित्यकार कृष्ण धरावासीको नविनतम कृति “अर्धकट्टी” को बिमोचन सम्पन्न भएको छ ।
काठमाडौंमा आयोजित सो समारोहमा सो कृति अतिथिहरु बैरागी काईंला, कृष्णप्रसाद भण्डारी, पूर्व प्रधान न्यायाधीस गोपाल पराजुली तथा लेखक स्वयमले सामुहिक रुपमा विमोचन गरे ।
बिमोचित कृति “अर्धकट्टी” उनको यस अघि प्रकाशित आत्मकथात्मक कृतिहरू, “आधा बाटो” र “पाण्डुलिपि“पछिको तेस्रो भाग हो ।
सम्भवत नेपाली साहित्यमा तीन भागमा यति बृहत् आत्मकथा लेखन गर्ने कृष्ण धरावासी पहिलो साहित्यकार हुन् ।
यो कृति उनले आफ्नो अढाई बर्षे अमेरिका बसाईको क्रममा लेखेका हुन् र हाल उनी नेपाल फर्केका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *