चन्द्रमा झुल्किदा …

गजल

ज्ञानुवाकर पौडेल

 

कसैको आंखामा म बिझें खूब
कसैको आंसुले म भिजें खूब

चन्द्रमा झुल्किंदा हिजो अचानक
मैले तिमीलाई सम्झें खूब

तिमीले जो ओढ्यौ बादल
झरीमा केही बेर रूझें खुब

मन पर्दैन अचेल त्यो भीडभाड
आफ्नै एकान्त यो रोजें खुब

पढन के थालेथें भागवद गीता
जीवनको निस्सारता बुझें खुब

०००

कवि परिचयः ज्ञानुवाकर पौडेल नेपाली गजललाई पुनर्जागरण गर्ने गजलकार हुन् । उनको पहिलो प्रकाशित रचना “कैक्टस” विसं २०३५ सालमा स्वतन्त्रता साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो । उनका २ मुक्तक सङ्ग्रहहरु निर्वासित मन (विसं २०४८) तथा अनुदित मन (विसं २०७६) र दुई गजल सङ्ग्रहहरु खङडहर नयाँनयाँ (विसं २०४९) तथा जिन्दगी छैन अचेल जिन्दगीजस्तो (विसं २०६८) प्रकाशित छन् । उनी हाल ईमाडोल, ललितपुर बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *