१९ भदौ २०८१, चितवन
कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” कृष्ण गौतमको “अद्वैत” उपन्यासलाई प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित १९ भदौको बिज्ञप्तिमा सो निर्णय भएको जनाइएको छ ।
यसअघि २१ साउनमा १० उत्कृष्ट आख्यान कृतिहरूको पहिलो सूचि निकालेको थियो जसमा बिष्णु सापकोटाको “अडिएका पाइला”, कृष्ण गौतमको “अद्वैत”, रमेश सायनको “अन्तर”, विश्व कुईंकेलको “गोपिचा”, जीवन जीवन्तको “चरैवेती”, गोविन्दप्रसाद कुसुमको “भृकुटी” र रोशन थापा नीरवको “सन्त्रासका साठी दिन” ७ उपन्यास तथा सानु शर्माको “अर्को देशमा”, भक्त स्याङतानको “डम्फूको आत्मालाप” तथा केम बतासको “बुढीपोल्ली” ३ कथा सङ्ग्रह रहेका थिए ।
तत्पश्चात ३ भदौमा उत।कृष्ट ५ आख्यान कृतिहरु सानु शर्माको “अर्को देशमा”,कृष्ण गौतमको “अद्वैत”,गोविन्दप्रसाद कुसुमको “भृकुटी”,विश्व कुईंकेलको “गोपिचा” तथा रोशन थापा नीरवको “सन्त्रासका साठी दिन” को छोटो सूचि प्रकाशित गरेको थियो ।
विज्ञप्तिमा जनाइए अनुसार सो पुरस्कार २-०८१ को तिहारपछि उपयुक्त मितिमा एक कार्यक्रमको आयोजना गरि समर्पण गरिनेछ ।
