छ कृतिलाई यशस्वी बुक अवार्डको घोषणा

मुख्य समाचार

१५ भदौ २०८१, काठमाडौं

यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०८१ सालको “‘यशस्वी बुक अवार्ड” को घोषणा गरेको छ । विगतका वर्षहरूदेखि काठमाडौं कलिंग साहित्य महोत्सवका अवसरमा प्रदान गरिँदै आएको विभिन्न विधाका यी पुरस्कारहरू ५ विधामा ६ पुस्तकहरूलाई पुरस्कार प्रदान गरिने भएको छ ।
प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला हस्ताक्षरित विज्ञप्ति अनुसार काव्यका लागि देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कविता सङ्ग्रह, आख्यानका लागि मुना चौधरीको ‘लार’ उपन्यास, गैर आख्यानका लागि मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ निबन्ध सङ्ग्रह तथा र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ सांस्कृतिक लेखहरूको सङ्ग्रह संयुक्त रूपमा, अङ्ग्रेजी भाषाको पुस्तकका लागि रोहिणी राणाको ‘द नेपाल कुक बुक’ तथा अनुसन्धानका लागि यज्ञराज उपाध्याय को ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति ‘पुरस्कृत हुने भएका छन् । यी सबै पुरस्कारको रकम २० हजार रहेको छ ।
विज्ञप्ति अनुसार पुरस्कृत पुस्तकका स्रष्टालाई काठमाडौं कलिंग साहित्य महोत्सवको उद्घाटन सत्रमा पुरस्कार र सम्मान-पत्र अर्पण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *