१७ औं स्थापना दिवस सम्पन्न

मुख्य समाचार

५ भदौ २०८१, काठमाडौं

लघुकथा समाजको १७ औं स्थापना दिवसको अवसरमा सर्वनाम नाट्य केन्द्रमा एक कार्यक्रम आयोजना गरियो ।
सो अवसरमा १० हजार राशीको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ साहित्यकार आरआर चौलागाईलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाटककार एवं कवि अशेष मल्ल,समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ तथा स्व.कथाकार पूर्णप्रसाद ब्रम्हाणका सुपुत्र उप-प्राध्यापक दिनेश शर्मा तथा सुपुत्री निर्मला शर्माले समर्पण गरे ।
सो समारोहमा सम्मानित स्रष्टा चौलागाईंले आफ्नो मन्तब्य प्रकट गर्दै “माथिको आदेश” शिर्षक लघुकथा वाचन गरेका थिए ।
सम्मानित स्रष्टाको बारेमा संक्षिप्त परिचय साहित्यकार नवराज रिजालले दिएका थिए । कार्यक्रममा लघुकथा केन्द्रकी अध्यक्ष लता केसी,खेमराज पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
समाजका अध्यक्ष गोपाल अश्कको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजका सदस्य राजेश खनालले स्वागत मन्तब्य व्यक्त गर्दै संस्थाको वारेमा संक्षिप्त जानकारी दिएका थिए तथा समाजका सचिव श्रीबाबु कार्कीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सम्मानित स्रष्टा आरआर चौलागाईको “यमराजको फैसला र दाइजो” लघुकथाको मञ्चन गरिएको थियो । सर्वनाम परिवारबाट मञ्चित उक्त नाटकको निर्देशन राज शाहले गरेका थिए ।
सो कार्यक्रम सर्वनामको सह -आयोजनामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *