सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को गीत “मनको मझेरी”को लोकार्पण

मुख्य समाचार

५ भदौ २०८१, काठमाडौं

साहित्यिक पत्रकार सङ्घको आयोजनामा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को गीत “मनको मझेरी”को लोकार्पण काठमाडौंमा सम्पन्न भएकोको छ।
यस गीको संगीत रचना र गायन चर्चित गायक तथा संगीतकार नरहरि प्रेमीको रहेको छ ।
सो गीत प्रमुख अतिथि कलाकार मदनदास श्रेष्ठले लोकार्पण गरेका हुन् ।
शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, समालोचक युवराज मैनाली , कविद्वय प्रतीक घिमिरे र कवि सानुराजा श्रेष्ठ अञ्जानले शुभकामना मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा गीतकार ‘भीमफेदीया’ले आफूले त्यो गीत एक परिवारको मार्मिक स्थिति देखेर २०४२ सालमा लेखेको भनी रचनागर्भ सबै सामु पेश गरेका थिए।
साहित्यिक पत्रकार सङ्घका वर्तमान अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको शुरुमा साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले सबैलाई स्वागत गरेका थिए ।
लोकार्पण कार्यक्रमको सञ्चालन मुरारि सिग्देलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *