२०८१ भदौ ३, काठमाडौं ।
काठमाडौंमा २४ ओटा लघुकथा कृति र १ लघुकथा समालोचना गरी लघुकथा कृतिहरु एकसाथ विमोचन सम्पन्न भएको छ ।
ती कृतिहरुको विमोचन विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त (पोखरा), प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, कार्यक्रमका सभाध्यक्ष लघुकथाका स्रष्टा खेमराज पोखरेल तथा बिमोचित कृतिका स्रष्टाहरुले एकसाथ सामुहिक रुपमा विमोचन गरेका थिए ।
समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे प्रकाश पारेका थिए । विशिष्ट अतिथि राधेश्याम लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यताबारे बोलेका थिए । लघुकथा समाज नेपालका सदस्य रामकुमार पण्डित, हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केशी, कृतिकारका तर्फबाट अन्जु शर्माले शुभकामना मन्तव्य दिएका थिए ।
समारोहमा लघुकथाका स्रष्टाहरु रोशन पराजुली, शुक्रराज कुँवर, गोपाल संग्रौला, छविलाल खड्काले तथा ममता मृदुलले विमोचित कृतिबाट लघुकथा वाचन गरेका थिए ।
विमोचित लघुकथा कृतिका २४ स्रष्टाहरुमा खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, विश्वराज अधिकारी, कुसुमाकर शर्मा, तेज प्रकाश श्रेष्ठ, रञ्जु खनाल, शुक्रराज कुँवर, निर्मला बराल, अञ्जु शर्मा, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, प्रा डा कपिल लामिछाने, डा हरि भण्डारी, गङ्गा खड्का, छविलाल खड्का, रोशन पराजुली, पी पी कोइराला, तुलसी पण्डित, सुनिता निरौला पौडेल रहेका थिए भने प्रा. डा. कपिल लामिछानेको समालोचना कृति रहेका थिए ।
सो कार्यक्रमको आरम्भमा साहित्यकार रमेन्द्र कोइरालाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण ममता मृदुलले गरेकी थिइन् ।
स्मरणीय छ, यसरी हरेक वर्ष लघुकथाका कृतिहरु सामुहिक रुपमा विमोचन गर्ने परम्परा रहेको छ र लोकप्रिय हुँदै गएको छ । सम्भवतः २४ लघुकथाका कृतिहरु उकैसाथ विमोचन भएको यो पहिलोपल्ट हो ।
