विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन

मुख्य समाचार

३२ साउन २०८१, बिराटनगर

विराटनगर महा नगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यका साथ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं तथा र सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेश राज सुवेदी) लाई मनोनयन गरेको छ ।
साथै सदस्यहरूमा माया पौडेल आशावादी (नृत्य/गीत-संगीत), गंगा सुवेदी (ललित कला), प्रा. भूषण ढुङ्गेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य/रंगमञ्च) र शिव नारायण पण्डित सिंगललाई (मातृभाषा) मनोनीत भएका छन् ।
प्राज्ञसभा सदस्यमा प्रा.डा. हरिहर भण्डारी, हास्यव्यङ्ग्य कवि लक्ष्मण नेवटिया, कवि गोकुल अधिकारी, गायक रामा मण्डल, साहित्यकार हरि कट्टेल, कवि भेषराज पोखरेल, साहित्यकार राम बाबु दाहाल, निर्देशक तथा कलाकार केशव रायमाझी, साहित्यकार डा. विमला श्रेष्ठ, कवि सविता गौतम दाहाल, साहित्यकार शुभ लक्ष्मी लम्साल तथा कलाकार इन्द्र परियार मनोनीत भएका छन् ।
गत पुसमा सम्पन्न नगर परिषदबाट ‘विराटनगर प्रज्ञा प्रतिष्ठान ऐन–२०८०’ पारित गरे बमोजिम सोही ऐन अनुसार पहिलो पटक गठन गर्दा कार्यपालिका बैठकले सिधा प्रतिष्ठान गठन गर्न सक्ने भए अनुसार ३१ साउन बिहीवार बसेको कार्यपालिका बैठकले सो नियुक्ति गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *