११ अगस्त २०२४, टोकियो
विनेसाम अर्थात् विश्व नेपाली साहित्य महासंघको तेश्रो अधिवेसनले जापान शाखाको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ ।
नव निर्वाचित कार्य समितिको अध्यक्षमा रविन्द्र दिखुक्पा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा बिमन किराती, शिवराज साम्पाङ राई र प्रमिला राई, महासचिव विजय स्याङ्बो, सचिव गंगा गगन, सह-सचिव सयपत्री थुलुङ, अर्थ सचिव रामचन्द्र न्यौपाने, अर्थ सह-सचिव प्रविन लामा तथा कार्य समितिका सदस्यहरूमा दिलीप राई, उमेश तिमल्सिना, शंकरहरि राई, राजन घले, सम्झना चाम्लिङ, प्रमोद श्रेष्ठ, उदय राणाहँछा र कुविर लामा गरि १७ सदस्यिय कार्यसमिती बनेको छ । प्राप्त जानकारी अनुसार २ जना सदस्य थप गरि १९ सदस्यीय कार्यसमिती बनाइने छ ।
सो अवसरमा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन सँगै रचना वाचन समेत गरिएको थियो ।
जापानका लागि राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अक्षरा-२ प्रकाशनको क्रममा आवरण डिजाइन तथा संस्थाप्रति सहयोग गरेकोमा सदस्य दिलीप राई, आर्थिक सहयोगमा योगदान गरेकोमा खावुसिकी खाइस्या मानवियका विशाल डल्लाकोटी र विगतदेखी मिडिया पार्टनरको रूपमा सहकार्य र सहयोगका लागि द एट पिक्स “टेप न्युज डटकम” का सम्पादक सजिना मोक्तानलाई सम्मान गरिएको थियो ।
अध्यक्ष देवी बहादुर ईङ्नामको अध्यक्षता सम्पन्न सो कार्यक्रमको शुरुमा अर्थ सचिव शिवराज साङपाङ राईले स्वागत गरेका थिए भने महासचिव रविन्द्र दिखुक्पाले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रमूक अतिथिको हातबाट दीप प्रज्वलन सहितको उदघाटन गरिएको सो कार्यक्रम नयाँ कार्यसमिति घोषणा गरेर समापन भएको थियो ।
