वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अभिनन्दन हुँदै

मुख्य समाचार

२९ साउन २०८१

वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको आगामि ३ भदौ २०८१ का दिन नेपाल स्रष्टा समाजको आयोजना तथा भैरव पुरस्कार गुठीको सहआयोजनामा बृहत् अभिनन्दन हुने भएको छ ।
सो अवसरमा “रोचक रचना” अभिनन्दन ग्रन्थको समेत लोकार्पण हुनेछ ।
लामो समयदेखि रचना साहित्यिक पत्रिकाको प्रकाशन गरेर योगदान पु-याएका तथा संस्मरणात्मक पुस्तकहरुको लेखन गरेका उनको ८४औं बर्ष प्रवेशका अवसरमा सो अभिनन्दन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *