२७ साउन २०८१, काठमाडौं
नेपाली साहित्यमा अत्यन्त उर्वर देखिएको कथाको एक रुप लघुकथाको २६ पुस्तकहरु एकसाथ ३ भदौ २०८१ का दिन काठमाडौंमा विमोचन हुने भएको छ ।
ती २६ लघुकथा सङ्ग्रहका स्रष्टाहरुमा अम्बिका दाहाल, अन्जु शर्मा, भाभा शर्मा नेपाल, विश्वराज अधिकारी, छविलाल खड्का मगर, गरिमा बस्नेत, हरिप्रसाद भण्डारी, गोपाल सङ्ग्रौला, हिरण्य कुमारी पाठक, कपिल लामिछाने, खेमराज पोखरेल, कुमुद शर्मा प्याकुरेल, कुसुमाकर शर्मा, ललिता दोषी, नवराज शर्मा, निर्मला बराल, रमेन्द्र कोइराला, रञ्जु खनाल, क्रान्ति पराजुली, शुक्रराज कुँवर, सुनिता निरौला पौडेल, तेजप्रकाश श्रेष्ठ, त्रिलोचन ढकाल, तुलसी पण्डित, पीपी कोइराला तथा ममता मृदुल रहेका छन् ।
स्मरणीय छ, केही बर्ष यता यसरी नै सामुहिक रुपमा लघुकथाका कृतिहरु भदौको पहिलो साता विमोचन गरिंदै आएको छ ।
अहिलेसम्ममा सर्वाधिक लघुकथाका पुस्तकहरु बिमोचन हुँदैछ र यो एक प्रकारको लघुकथा मेला वा उत्सव झैं हुने भएको छ ।
अब संशोधन भएर २५ भएको छ ।