२५ साउन २०८१, काठमाडौं
ताप्लेजुङका स्रष्टा चन्द्र मादेनका “आन्छनका कथाहरू” कथा सङग्रह र “माधुर्य सुशील तिम्रो बोली” गीतसङ्ग्रह काठमाडौंमा बिमोचन सम्पन्न भएको छ ।
कार्यक्रममा प्रगति राई तथा डा. तुलसी भट्टराईले बिमोचित कृतिको चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लगायत नन्दकुमार प्रसाईं, गोपीकृष्ण प्रसाईं,राजेन्द्र राई तथा डिल्लीजङ्ग मादेनले शुभकामना मन्तब्य प्रकट गरेका थिए ।
नेपाल प्रज्ञाप्रतिष्ठानमका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता आयोजक संस्था मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालले गरेका थिए भने
समाजका कोषाध्यक्ष खोलाघरे साहिंलाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको शुरुमा समाजका उपाध्यक्ष जशध्वज गुरुङले स्वागत मन्तब्य दिएका थिए ।