राजकुमार राईको ‘किवाहाङ’को जिरीमा चर्चा

मुख्य समाचार

 

२३ साउन २०८१ काठमाडौं

साहित्यकार राजकुमार राईको नवप्रकाशित उपन्यास ‘किवाहाङ’माथि जिरीमा परिचर्चा गरियो ।
कार्यक्रममा जिरी माविका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलले उपन्यासका मुख्य पात्र नै ‘किवाहाङ’ रहेको बताए । ‘किवाहाङ अर्थात् बाघको राजा भनेर किरात भाषाबाट पात्रको नाम चयन गरिएको हो’, उनले भने ।
पुस्तक परिचर्चा तथा पुस्तकालय पुस्तक हस्तान्तरण कार्यक्रम केशवकुमार कार्कीको सभापतित्वमा सञ्चालित भएको थियो भने कार्यक्रममा जिरी माविका प्रधानाध्यापक कुमार जिरेलले स्वागत मन्तव्य राखेका थिए ।
सो अवसरमा करिव करिब लाखको पुस्तक जिरी समुदायिक पुस्तकालयलाई हस्तान्तरण गरिएको थियो । हङ्कङलाई कर्म भूमि बनाएका राजकुमार राई लामो समयदेखि नेपालका बिभिन्न स्थानका पुस्तकालयलाई पुस्तक प्रदान गर्न अभियानमा लागेका छन् । पुस्तकालय अभियान वाट २१ स्थान मा पुस्तकालय स्थापना गरी सकिएको छ ।
उपन्यासकार राईले हङकङबाट प्रकाशन हुँदै आएको साहित्यिक पत्रिका ‘साब्लाबुङ’का सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *