कविडाँडा र सर्वनामको नाट्य विमर्ष

मुख्य समाचार

११ चैत २०८०, चितवन

चितवनको स्थानिय सकृय संस्था कवि डाँडा साहित्य समाज र काठमाडौंको सर्वनाम थियटरको सहकार्यमा एकदिने नाटक विमर्ष कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रा.डा. सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकासक्रम’ तथा डा. अशोक थापाले ‘नेपाली रंगमञ्चमा नाट्यप्रविधिको विकासक्रम : लालटिनदेखि ल्यापटपसम्म’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे ।
सर्वनाम थियटर काठमाडौंमा सम्पन्न सो एकदिने कार्यक्रममा कार्यक्रममा नाटककार मनबहादुर मुखियालाई १० हजार नगद राशिसहित ‘कविडाँडा साहित्य सम्मान’ द्वारा सम्मानित गरियो । सोही अवसरमा नाटककार अभि सुवेदीलाई ‘कविडाँडा विशेष सम्मान’बाट सम्मानित गरियो ।
साथै सो अवसरमा ‘सीमान्तीकृत स्वरहरूको प्रतिबिम्वनमा नेपाली रङ्गमञ्च’ विषयमा परिचर्चा सम्पन्न भएको थियो । कार्यक्रमको अवधारणापत्र साहित्यकार महेश पौड्यालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले बालकृष्ण समको विरासतलाई अषेश मल्लले निरन्तरता दिएको बताए भने पुरस्कृत नाटककार मनबहादुर मुखियाले विगतका दिनमा नाटक मञ्चनका अप्ठ्याराहरूको चर्चा गरे । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले समाज साहित्यका सबै विधाप्रति उत्तिकै संवेदनशील भएको हुँदा नाटकलाई पनि महत्व दिएर कार्यक्रमको आयोजना गरेको बताए । नाटककार तथा सर्वनामका संस्थापक अशेष मल्लले पनि सो अवसरमा नाट्य मञ्चन र लेखनको बारे मन्तब्य दिएका थिए ।
कार्यक्रममा अशेष मल्ल लिखित तथा लामो समय अघि नै चर्चित ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटकसमेत मञ्चन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *