४ चैत २०८०, काठमाडौं
भूपाल राई नेतृत्वको प्रज्ञा प्रतिष्ठानले विसं २०८० सालको रु एक लाख राशीका बिभिन्न १० प्रज्ञा पुरस्कारहरुको निर्णय गरेको २ चैतको सदस्य सचिव डा. धनप्रसाद सुवेदी हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
बिज्ञप्तिमा जनाइए अनुसार प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र सङ्ग्रौला, प्रज्ञा दर्शन पुरस्कार मोहनविक्रम सिंह, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठ, प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार कृष्ण गौतम, प्रज्ञा भाषा पुरस्कार प्रा.डा. देवीप्रसाद गौतम, प्रज्ञा साहित्य पुरस्कार (पद्य) बम देवान, प्रज्ञा साहित्य पुरस्कार (गद्य) राजव, प्रज्ञा बाल साहित्य पुरस्कार गंगा कर्माचार्य, प्रज्ञा अन्तर्देशीय पुरस्कार पदम विश्वकर्माले पाउने भएका छन् ।
विज्ञप्तिमा जनाइए अनुसार प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (पहाडी/हिमाली क्षेत्र) बाट डा. योगेन्द्रमान प्रधानाङ्ग तथा वेचन उराँव मातृभाषा दिवसका अवसरमा पुरस्कृत भैसकेका छन् ।
