२२ माघ २०८० , काठमाडौं
साहित्यिक पत्रकार संघले आज एक कार्यक्रमको आयोजना गरी कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गर्यो ।
सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि काँइलाले अमेरिकाबाट आउनु भएका कवि शेखर ढुङ्गेललाई खादा लगाएर स्वागत सम्मान गरेका थिए ।
सम्मानित कविहरुको परिचय कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका सदस्य युवराज नयाँघरेले अतिथिहरुलाई खदा लगाएर सम्मान गरेका थिए । संघका कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कवि एवं चर्चित पत्रकार ठाकुर बेलबासेले गरेका थिए ।
000