राष्ट्रिय वाणिज्य बैंकमा विशेष कवि गोष्ठी सम्पन्न

मुख्य समाचार

१५ माघ २०८०, काठमाडौं

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५९ औं वर्षमा प्रवेश गरेको अवसरमा भूगोल साहित्य समाज तथा राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी सङ्घको संयुक्त आयोजनामा विशेष कवि गोष्ठी सम्पन्न भएको छ।

उक्त विशेष कवि गोष्ठीमा कविहरू सर्वश्री किशोर पहाडी, प्रमोद प्रधान,विधान आचार्य,वियोगी बुढाथोकी,कलानिधि दाहाल,नारायण तिवारी,नरेन्द्रराज पौडेल,पवन आलोक,जय छाङ्छा, सुभाषचन्द्र पौडेल’भीमफेदीया’,विमल भौकाजी,भीष्म उप्रेती, वासुदेव गुरागाई,प्रोल्लास सिन्धुलीय,घनेन्द्र ओझा,श्रीबाबु कार्की, निर्मलरमण पराजुली,गोविन्दबाबु तिवारी,एल.पि.पराजुली, राजनविक्रम थापा,त्रिभुवनचन्द्र वाग्ले,बमबहादुर थापा,प्रकाश घायल,मुकुन्दअर्याल,रामप्रसाद पन्त,  धनञ्जय मिश्र,    ओेम कोइराला,भाग्यशाली अधिकारी,महेश खरेल,टेकबहादुर लौदारी,रामबहादुर पहाडी,माधवलाल श्रेष्ठ तथा शैलेन्द्रकुमार शाहले आ-आफ्ना कविता वाचन गरेका थिए।

भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उप-कुलपति डा.विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त  गोष्ठीमा सम्पन्न भएको थियो ।

कार्यक्रमको शुरुमा पूर्व कर्मचारी सङ्घका अध्यक्ष तथा समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले समाज र सङ्घका गतिविधि तथा विशेष कवि गोष्ठीबारे संक्षिप्त जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन शैलेन्द्रकुमार शाहले गरेका थिए।

 

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)

Leave a Reply