चार कविता

अनुवाद

 

मूलः ईभा पेट्रापुलु लानु

अनुवादः गोविन्द गिरी प्रेरणा

 

१, आमा

 

आमा सबै रोगका चिकित्सक हुन्

आमा सबैले मन पराउने मुलुक हुन्

नजितीकन कसैलाई

आमा खुशी र पीडा हुन्

आमा शक्तिकी श्रोत हुन्

आमा क्षमाशील छिन्

एउटा शब्द ईश्वर निर्मित

सारा जनलाई क्षमा गर्न

भन्नुहोस् यो सधैं

बोलाउनोस् यदि तिमीलाई जंजिरले बांध्यो भने

तिम्रा घाउमा शितलताका लागी

शान्ति ल्याउन

मेरी आमा तपाईं विशिष्ट हुनुहुन्छ

तपाईंले आफ्नो दुःख कहिल्यै भन्नुभएन

म तपाईंसंग सुनौलो उत्सव मनाउंछु

रोज्जा मनुष्यको रूपमा

आमा म तपाईंलाई शिरताज बनाउंछु

मेरो सूर्य

मेरो मार्गगर्शक ।

 

……

 

२, प्रेम

 

 

हामीले देखाउने तरिका समान छैन

हाम्रा भावनाहरू

हाम्रा दृष्टिहरू

हाम्रा हातहरू

हाम्रा शरीर फरक छन्

तर प्रेम विशेष छ

यौटा शक्ति जसले अंगाल्दछ हामीलाई

विहानीको मन्द वतास झैं ।

 

……

 

३, आवाजहरू

 

 

यति धेरै मानिसहरू आर्तनाद गरिरहेछन्

चिच्याइरहेछन् स्वतन्त्रताका लागि

शान्तिका लागि

तर हामी किन रूने सुक्खद क्षणमा

किन हांस्ने …..जब हामी अत्यन्त खराव अवस्थामा हुन्छौं

हुनसक्छ यो प्रतिरक्षा हो हाम्रो जीवनको

अझै पत्ता लगाउंदै हाम्रो मगज

जुन निश्चित छ

कि हामीसंग स्वतन्त्र ईच्छा छ

 

———–

 

४, मेरो फूलवारी

 

यो जिन्दगी हो

सबथोकले घेरिएको छ

मानौं नवजात शिशुलाई अंगालोमा च्यापे जस्तै

 

हामीलाई प्रेममा पर्न चार सेकेण्ड चाहिन्छ

हामीलाई ब्यक्तित्व बनाउन आठ बर्ष चाहिन्छ

र पूरा जिन्दगी चाहिन्छ

आफू को हो पत्ता लगाउन !

000

कवि परिचयः ईभा पेट्रापुलु लानु ग्रीसेली कवयित्री हुन् । विगत २५ बर्षदेखि साहित्यमा समर्पित उनका १० भन्दा बढी पुस्तक प्रकाशित छन् । उनका कविता कैयन् अन्तरराष्ट्रिय संकलनमा संकलित छन् । उनका कविताहरू २५ भन्दा बढी भाषामा अनुवाद भएका छन् । यी कविताहरू अनुवादकले लेखिका स्वमयमबाट प्राप्त गरी अनुवाद गरेका हुन् ।

Leave a Reply