१० माघ २०८०, काठमाडौं ।
नेपाली साहित्यका निबन्ध बिधाका शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवस एक विशेष कार्यक्रमको आयोजना गरी उनको योगदानको बारेमा चर्चा गरियो ।
कार्यक्रममा प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताए । नेपाल स्रष्टा समाजका अध्यक्ष निबन्धकार श्रीओम श्रेष्ठ “रोदन”ले शंकर लामिछानेबारे निबन्ध वाचन गरेका थिए ।
कार्यक्रममा बक्ताहरु पूर्व मन्त्री एवं निबन्धकार दिनानाथ शर्मा र युवराज नयाँघरेले लामिछानेका लेखनका विशेषताहरूबारे चर्चा गरे ।
साहित्यकारहरु मुरारि सिग्देल, मन्जिला अनिल र डा. दामोदर पुडासैनीले शंकर लामिछानेका निबन्धहरुका अंश वाचन गरेका थिए ।
प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले लामिछानेको योगदानको चर्चा गरे ।
सभापतिको आसनबाट शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले संस्थाको गतिविधिबारे प्रकाश पार्दै शंकर लामिछाने ग्रन्थ प्रकाशनको काम अन्तिमचरणमा रहेको बताए ।
संस्थाकी कोषाध्यक्ष कथाकार पद्मावती सिंहले स्वागत तथा कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।
कार्यक्रममा फ्लोरिडा,अमेरिकाबाट आएका साहित्यकार सुन्दर जोशीलाई स्वागत सम्मान पनि गरिएको थियो ।
