डुवर्समा “थिङ्कर्स एण्ड राइटर्स पिस मिट”

समाचार

२३ पुस २०८०, डुवर्स

नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागीता रहेको “थिङ्कर्स एण्ड राइटर्स पिस मिट” कार्यक्रम लाटागुड़ीमा ६-७ जनवरीमा एसोसिएसन फर कन्जर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च” को संयुक्त आयोजनामा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन प्रख्यात लेखक पद्मजा अयङ्गर पेड्डी (हैदराबाद) तथा साहित्य पत्रकार संघ, काठमाडौं, नेपालका अध्यक्ष राधेश्याम लेकालीलगायतले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बहुभाषिक कविगोष्ठीको पनि आयोजना गरिएको थियो जसमा ६० भन्दा बढी कविहरुले कविता वाचन गरेका थिए ।

कार्यक्रममा विभिन्न पुस्तकहरूको लोकार्पण, सांस्कृतिक कार्यक्रम प्रदर्शन तथा नाटक मन्चनसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *