पाठ्यक्रमका स्रष्टासँग विद्यार्थी

मुख्य समाचार

१८ पुस २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजले आफ्नो सप्ताह व्यापि कार्यक्रम अन्तरगत छैठौं दिन अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा –विद्यार्थी अन्तरसंवाद कार्यक्रम अरुणिमा मावि बौद्धमा सम्पन्न गर्यो ।
अन्तरसंवादमा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागी थिए । पाठ्यक्रमका रचनाकार कथाकार भागीरथी श्रेष्ठ, गीतकार दिनेश अधिकारी र नियात्राकार राजेन्द्रमान डंगोल सहभागी रहेका थिए ।
सो समारोहलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ शिक्षाविद् प्राडा विद्यानाथ कोइराला र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि नियमित हुनुपर्ने बताए ।
पुस्तकमा पढिरहेका रचनाका स्रष्टाहरुलाई प्रत्यक्ष रुपमा भेट्न पाउँदा विद्यार्थीहरुले नौलो अनुभव गर्नपाएकोमा खुशी व्यक्त गरेका थिए । अन्तरसंवाद कार्यक्रममा बीसजना विद्यार्थीले स्रष्टासँग सिर्जना र साहित्यका विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीका जिज्ञासालाई पाठ्यक्रमका स्रष्टाबाहेक पवन आलोक, कल्पना खरेल,चेतनाथ कणेल हरित, देविका तिमिल्सिना, तारा सुवेदी र डा. शान्तिमाया गिरीले समेत सम्वोधन गरेका थिए ।
अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक डा.सदानन्द कँडेल, अरुणिमा उच्च माविका प्रमुख केशबप्रसाद जोशी, विद्यालयका प्रिन्सिपल इश्वरीप्रसाद लामिछानेले मन्तव्य ब्यक्त गरेका थिए ।

1 thought on “पाठ्यक्रमका स्रष्टासँग विद्यार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *