साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान

मुख्य समाचार

२३ मंसिर २०८०, विराटनगर

नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ ।
प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार रु पचीस हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि शैलेन्द्र साकारलाई प्रदान गरिने भएको छ । यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली ,बम देवान, नारायण तिवारी ,गणेश रसिक , भागिरथी श्रेष्ठ ,विष्णुविभु घिमिरे र दिनेश अधिकारी सम्मानित भइसकेका छन् ।
विसं २०७९सालको पन्द्रह हजार राशीको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको गजल विधामा दिएको योगदानका लागि गजलकार विवश बलिभद्र कोइराला (इलाम) तथा एघार हजार राशीको कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार उमेश लुइँटेललाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका महासचिव विवश पोखरेलले दिएको जानकारी अनुसार प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यी पुरस्कार तथा सम्मान आगामी २०८० फागुन ५ गते शनिबार विराटनगरमा समर्पण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *