५ मंसिर २०८०, काठमाडौं
विसं २०८० सालको रुक्मणिराज शिवाकोटी स्रष्टा सम्मान अमेरिकालाई कर्मभूमि बनाएका साहित्यकार वसन्त श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यसै गरी रुक्मणिराज पत्रकारिता सम्मान बिनोद दीक्षितलाई मरणोपरान्त प्रदान गरिने भएको छ । समाजसेवी रुक्मणिराज शिवाकोटीको सम्झनामा ज्ञानगुन साहित्य प्रतिष्ठानका अध्यक्ष र परिवारजनद्वारा गत वर्ष यी दुवै सम्मानको स्थापना गरिएको थियो ।
रुक्मणिराज शिवाकोटी स्रष्टा सम्मान एक स्रष्टालाई तथा रुक्मणिराज स्मृति सम्मान एक पत्रकारलाई प्रदान गरिन्छ ।
गतवर्ष पहिलोपल्ट स्रष्टा सम्मान साहित्यकार गोविन्द गिरी प्रेरणालाई तथा स्मृति सम्मान पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिएको थियो ।
यसै सिलसिलामा सम्मानित श्रेष्ठ तथा दीक्षितको “ज्ञानगुनका कुरा विशेषाङ्क” समेत प्रेकाशित गरी सोही दिन बिमोचन गरिने भएको कुरा ज्ञानगुन प्रकाशनका प्रधान सम्पादक शेषराज शिवाकोटीले विश्वपरिक्रमालाई बताए ।