समाचार

२ मंसिर २०८०, दोहा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा कतारमासकृय नेपाली संस्थाहरू गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज , नवोदित साहित्यिक वाचनालय र सन्ध्या ग्रुप अलखोरलगायतका संस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कवितावाचन कार्यक्रम आयोजना गरिएको हो ।

महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरू भएको उक्त कार्यक्रममाकवि क्षेत्रीले पुराना र ताजा नयाँ एक दर्जन कविता वाचन गरे । कवि, गजलकारएवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीकोसभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारकाअध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए। कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कुटनीतिक जिम्मेवारीसम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा योगदान दिएको उल्लेख गरे ।

गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष भट्टले साहित्यकार क्षेत्रीको एकलवाचन कार्यक्रमबाट नेपाली भाषा साहित्यमा टेवा पुगेको बताए । सो अवसरमाकवि क्षेत्रीलाई सम्मान समेत गरिएको थियो ।

विलयन लेखनसंग सम्बध्द कवि क्षेत्रीको चराको गीत पछिल्लो चर्चित कविता संग्रह हो । राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविक्षेत्रीले पछिल्लो समयमा “कालजयी नेपाली कविता” सम्पादन गरेका छन् ।

000

 

 

Leave a Reply