ग्वंग सिरपा सम्मान -२०८० सुवेदी र भट्टराईलाई समर्पण

मुख्य समाचार

२ मंसिर २०८०, भक्तपुर

साहित्यिक सम्मान संगम २०५० ले एक समारोहको आयोजना गरी प्रत्येक २ वर्षमा २ जना निबन्धकारलाई प्रदान गरिने प्राडा. अभि सुवेदी तथा प्राडा गोविन्दराज भट्टराईलाई जनही रु पचास हजार पाँच राशीको नगद राशीसहित
ग्वंग सिरपा सम्मान -२०८० समर्पण गर्यो । ग्वंग सिरपा सम्मानका संस्थापक तेजेश्वरवावु ग्वङ्गले सो पुरस्कार मर्पण गरेका थिए ।
कार्यक्रमको शुरुमा ध्रुव मधिकर्मीले स्वागत गर्दै संस्थाको परिचय प्रस्तुत गरेका थिए ।
पुरस्कृत व्यक्तित्वहरुको बारेमा डा. लक्ष्मणप्रसाद गौतमले परिचय प्रस्तुत गर्दै दुवैको साहित्यिक योगदान र विशेषतावारे चर्चा गरेका थिए ।
साहित्यकार भागिरथीले शुभकामना मन्तब्य प्रस्तुत गरेकी थिइन् ।
समारोहमा प्राडा. अभि सुवेदी र प्राडा. गोविन्दराज भट्टराईले आआफ्ना धारणा र अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई तेजेश्वरबाबु ग्वङ्गले सम्वोधन गर्दै साहित्य र संस्कृतिका बिबिध पक्षमा प्रकाश पारेका थिए ।
समारोहलाई अध्यक्षता गरेका श्रीओम श्रेष्ठ रोदनले सम्बोधन गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम सञ्चालन मतिना त्वानाबासुले गरेकी थिइन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *