“संवेदनाको समायोग” को गैंडाकोटमा अन्तरसंवाद

मुख्य समाचार

२४ कार्तिक २०८०, गैंडाकोट

सुपरिचित समालोचक तथा प्राध्यापक ज्ञानु अधिकारीको पहिलो निवन्ध सङ्ग्रह “संवेदनाको समायोग” को गैंडाकोटमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो ।
चितवनको अग्रणी पुस्तक विक्रेता कृतिको चिनारी दिएका थिए, त्यसपछि मुख्य बक्ता सुरेन्द्र अास्थफलले कृतिको विषयमा विस्तृत समीक्षात्मक टिप्पणी गरेका थिए ।
त्यसपछि मञ्चासिन तथा दर्शक दिर्घामा रहेका विभिन्न व्यक्तिहरुले सो कृतिमाथि आआफ्ना धारणा राखेका थिए । त्यसरी टिप्पणी गर्नेहरुमा
सहजीकरण लक्ष्मी वराल, शान्ति शर्मा, सामना पहाड, गणेश श्रमण, गायत्री अधिकारी, रामजी अर्याल, एक नारायण पौड्याल, धनराज गिरी, युवराज भुषाल तथा टीकाराम रेग्मी रहेका थिए ।
त्यसपछि कृतिकार ज्ञानु अधिकारीले समीक्षक तथा पाठकहरुको टिप्पणी तथा जिज्ञासाको जवाफ दिंदै कृिति तयार पार्दाको अनुभूति बताएकी थिइन् ।
सभाध्यक्ष एलबि क्षेत्रीले अध्यक्षीय मन्तब्य प्रस्तुत गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन लेखाराम सापकोटाले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *