२४ कात्तिक २०८०, काठमाडौं
मानव अधिकार तथा शान्ति समाजले “साहित्य आराधन:स्रष्टा सम्मान अभियान” अन्तर्गत समाज सेवा तथा स्रष्टा सम्मान अर्पणको कार्यक्रम सम्पन्न गर्यो ।
मानव अधिकार तथा समाजका केन्द्रिय सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार २०७९ बाट मिठाईदेवी विश्वकर्मा सम्मानित भइन् भने अन्य विभिन्न पुरस्कारहरूबाट अन्य १५ जना स्रष्टाहरू सम्मानित भएका छन् ।
बद्री पहाडी समाज सेवा पुरस्कारको राशि रू १ लाख १० हजार रहेको छ भने अन्य पुरस्कारहरूको राशि २० हजार रहेको छ।
कार्यक्रममा २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान बाट प्रा.डा.राजेन्द्र विमल, महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान राजेश्वर नेपालीलाई प्रदान गरिने भएकोमा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएकाले उनका सुपुत्र राघवेन्द्र साहलाई सम्मान हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मानबाट डा.राम प्रसाद ज्ञवाली,कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मानबाट सुलोचना मानन्धर,ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मानबाट डा.कृष्णराज चौधरी सर्वहारी ,पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मानबाट प्रा.डा.सावित्री कक्षपति,मानबहादुर रावल वातावरण स्रष्टा सम्मानबाट प्रा.नवराज पाण्डेय सम्मानित भएका थिए । त्यस्तै जोगमाया बराल स्रष्टा सौगातबाट मुकुन्द आचार्य,भूमिप्रसाद बराल स्रष्टा सौगातबाट बाजुराम पौडेल,जनककुमारी रेग्मी स्रष्टा सौगात बाट कमलादेवी हेमचुरी,श्रीप्रसाद दाहाल स्रष्टा सौगातबाट लीला राना,राधादेवी दाहाल स्रष्टा सौगातबाट मधुराज केरूङ्ग,श्रीनारायण दाहाल स्रष्टा सौगातबाट मधु शाही बस्नेत,पद्मप्रसाद दाहाल स्रष्टा सौगातबाट हंसावती कुर्मी र गणेश बहादुर स्रष्टा सौगातबाट मधु हमाल सम्मानित भएका थिए ।
कार्यक्रम तथा पुरस्कारका बारेमा लक्ष्मीनारायण मिश्रले प्रकाश पारेका थिए भने कृष्णबहादुर रावलले स्वागत मन्तव्य राखेका थिए ।
समाजका उप-सभापति राजेन्द्र पौडेलले सम्मानित व्यक्तित्व मिठाईदेवी विश्वकर्माको संक्षिप्त जीवनी र उनको योगदानका बारेमा प्रकाश पारेका थिए भने अन्य पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारेमा समाजका सचिव प्रकाश शाहीले संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा कविहरू रत्ननिधि रेग्मी शुक्राचार्य तथा अर्जुन पराजुलीले कविता वाचन गरेका थिए।
पुरस्कृत स्रष्टाहरू हंसावती कुर्मी,मधुराज केरूङ्ग,लीला राना,बाजुराम पौडेल,मुकुन्द आचार्य,नवराज पाण्डेय तथा सुलोचना मानन्धरले पनि कविता वाचन गरेका थिए भने मिठाईदेवी विश्वकर्मा,सावित्री कक्षपति,कमलादेवी हेमचुरी,कृष्णराज चौधरी तथा प्रा.डा.राजेन्द्र विमलले आ-आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन समाजकी महा-सचिव रेणुका पौडेलले गरेकी थिइन्।
(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)
