“पार्श्वधून” विमोचित

मुख्य समाचार

१८ कार्तिक २०८०, काठमाडौं

अमेरिकाको टेक्सासलाई कर्मभूमि बनाएका स्रष्टा कृष्ण कुसुमको पहिलो कथा सङ्ग्रह “पार्श्वधून” को बिमोचन सम्पन्न भएको छ । साहित्यकारेहरु नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ, मोहराज शर्मा लेखकका पिता तथा लेखक कृष्ण कुसुमले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरे ।
कार्यक्रमको शुरुमा पुस्तकका प्रकाशकको तर्फबाट पुष्पराज पौडेलले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए भने सुभाषचन्द्र पौडेलले शुभकामना सन्देश प्रकट गर्ने क्रममा पुस्तकका कथाहरु समीक्षा समेत गरेका थिए ।
तत्पशचात् विमोचित कथा सङ्ग्रहका विषयमा नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ र कथाकार कृष्ण कुसुमले सो पुस्तकको विविध पक्षमा अन्तर्कृया गरेका थिए जसको सहजिकरण मोहराज शर्माले गरेका थिए ।
कार्यक्रमको अन्तमा कथाकार कृष्ण कुसुमले आफ्नो मन्तबय राख्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम सञ्चालन महेश कार्की क्षितिजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *