अनु शाहको “अनुराग” बिमोचित

मुख्य समाचार

१६ कार्तिक २०८०, काठमाडौं

अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कविता सङ्ग्रह “अनुराग” को बिमोचन सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी तथा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा कवयित्री अनुशाह तथा मञ्चासिन अतिथिहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, राधेश्याम लेकाली सबैले संयुक्त रुपमा सो कृतिको बिमोचन गरेका थिए ।
कृतिको विमोचनपश्चात् सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी ओलीले आफूले विमोचित कृतिका केही कविता पढेको र सुन्दर लागेको बताए ।
संक्षिप्त मन्तब्यमा बक्ता प्रकाश सायमिले कविता चोटीलो भएको बताए ।
कृतिकार शाहले यौटा कविता वाचन गर्दै धन्यवाद ज्ञापन गरिन्।
प्रकाशक सूर्य चन्दले पुस्तक प्रकाशनको पृष्ठभूमि बताए ।
समारोहमा पत्रकार ऋषि धमला, कलाकार कृष्ण मल्ल, पुरुषोत्तम दाहाल,
सो बिमोचन समारोहमा पुस्तकको भूमिका लेखक, शुभकामना दिनेहरु एबम् सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
बिमोचित कृतिकी लेखिका अनु शाह स्वयमले सो कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।
कार्यक्रमको शुरुमा मिलाप पत्रिकाका प्रधान सम्पादक कृष्ण भुषालले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चाल‍न सरोज कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *