श्रष्टाको दशैं ; ४, ज्ञानुवाकर पौडेल

अन्तरवार्ता

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, गजलकार ज्ञानुवाकर पौडेलको जवाफ)

यस बर्षको दशैं कसरी मनाउनु भयो ?

अत्यन्त व्यस्तताका बावजुद छोरा प्रतीक पनि बुहारी र  नातीका साथ तासमानिया (अष्ट्रेलिया) आइपुगेकाले   छोरी ज्वाई र नातीसमेतको आफ्नो परिवारसंग यसपालीको दशैं निकैनै रमाईलोसंग मनाईयो ! परदेशमा पनि नेपालीहरूले आफ्नो मुलुकको धर्म, संस्कृति,साहित्य, कला र परम्परालाई समेत यसरी निरन्तरता व्यापकता दिइरहेको देख्न पाउॅंदा निकै खुसी र गौरवको अनुभूति पनि भयो !

दशैंको बेला कुनै किताव पढ्नु भो ?

दशैंको यो रौनककै बीच समय निकालेर साहित्यकार हरिहर तिमिल्सिनाका चर्चित, पठनीय र संग्रहणीय कृति  ‘कखरा’ दोहर्याएर पढें । यति उत्कृष्ट उपन्यास पढदा जति खुसी लागेथ्यो,  यति राम्रो कृतिले अपेक्षानुरूप पुरस्कार नपाएकोमा दुख पनि कम लागिरहेको छैन ! असंदिग्ध रूपले पुरस्कार दिने संस्थाहरूका छनौट समितिका सदस्यहरूमा गुणग्राहिता र पारखी-दृष्टिकोणको अभाव देखिन्छ ।

दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?

यसबीच मैले दुई अमेरिकी कथाकार एम्ब्रोस वियर्स, जिम विशप तथा रूसी कथाकार दोस्तोयवस्कीका स्तरीय र रोचक लघुकथाहरूको अनुवाद गर्न पनि भ्याएं  ! नयां मौलिक  रचनाहरूको हकमा भने गजल बिषयक  एउटा लेख र ३ वटा मुक्तकहरू मात्र लेख्न भ्याएं  ! समग्रमा भन्नुपर्दा, अष्ट्रेलियाको मेरो यो बसाईं रचनात्मक र सुखद नै भइरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *