( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार सरुभक्तको जवाफ)
यस बर्षको दशैं कसरी मनाउनु भयो ?
सधैंझैं यश वर्षको दशैंपनि सामान्य र परम्परागत रूपले मनाइयो मान्यजनबाट टीका ग्रहण गरेर । अन्य परिवारजनलाई टीका प्रदान गरेर ।
दशैंको बेला कुनै किताव पढ्नु भो ?
दशैमा पढ्ने मनस्थितिभन्दा परिवारसित बसेर खुसी र आत्मीयता साटासाट गर्ने मनस्थिति हुन्छ।तरपनि ढीलो गरि पढिएका ऐठन र मनु दुई उपन्यास सकें । अहिले चाहिं रक्ष राईद्वारा लिखित युद्ध सौन्दर्य चिन्तन– मानव सभ्यताको दर्पण र इतिहासकार दिलबहादुर क्षेत्रीद्वारा लिखित Overview of Slavery in Nepal का पाना पल्टाउदैछु । दुवै अनुसन्धानमूलक ग्रन्थ हुन् ।
दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?
दशैंमा कुनै नयाँ कृति सिर्जना गरिनँ । पुराना केही रचनाका प्रुफ हेरिबसें ।