( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार हरि अधिकारीको जवाफ)
यस बर्षको दशैं कसरी मनाउनु भयो ?
पोहोर परार जसरी मनाएको थिएँ त्यसरी नै मनाएँ । चण्डी-पाठ, दुर्गापूजा, टीका आदिमा रमाउँदै ।
दशैंको बेला कुनै किताव पढ्नु भो ?
अहँ पढिनँ । ओटीटी प्लेटफर्ममा केही सिनेमा हेरेँ ।
दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?
एकजना मित्रको अनुरोधमा एउटा कविता लेखेर उनैलाई समर्पण गरिदिएँ ।
000