९ कार्तिक २०८०, काठमाडौं
यस वर्षको ग्वंगः सिरपा सम्मान निबन्धकारहरु प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ ।
साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगः को उपस्थिति तथा संगमका संयोजक श्रीओम श्रेष्ठ `रोदन´ को अध्यक्षतामा सप्पन्न २७ असोजको बैठकले उक्त निर्णय गरेको हो ।
रु ५०/५० हजारको नगद राशि तथा ताम्रपत्र प्रदान गरिने यो सम्मान हरेक दुई वर्षमा दुईजना निबन्धकारलाई प्रदान गरिने गरिन्छ ।
वि.सं २०५० मा कविवर केदारमान व्यथितलाई . सम्मान गरेपछि साहित्यिक सम्मान सङ्गमको स्थापना भएकाे थियो ।
समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार ध्रुव मधिकर्मी र जितेन्द् सम्मिलित सिफारिस समितिको आधारमा सम्मानको निर्णय गरिएको हो । । उक्त सम्मान आगामी मङ्सिरको पहिलो हप्ता विशेष समारोहको आयोजना गरी प्रदान गरिने संयोजक रोदनले जानकारी गराएका छन् ।