अनेसास अध्यक्ष गोवर्ध्दन पूजा नेपाल च्याप्टरसँग

मुख्य समाचार

२३ असोज २०८०, काठमाडौं

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसास नेपाल च्याप्टरले अनेसासका केन्द्रिय अध्यक्ष गोवर्ध्दन पूजासँग एक साक्षात्कार कार्यक्रमको आयोजना गर्यो ।
सो अवसरमा अध्यक्ष पूजाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा २५०० जना सदस्य संख्या पुगेको,आजीवन सदस्य संख्या ७०० जना रहेको,आफ्नो कार्यकालको चौध महिनामा १००० जनालाई परिचय-पत्र वितरण गर्ने लक्ष्य रहेको बताउँदै केन्द्रले बालबालिका लागि भाषा पाठशाला स्थापना गर्न आवश्यक कदम चालेको,अन्तर्राष्ट्रिय बालकविता गोष्ठीको आयोजना गर्ने योजना रहेको र हालै मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न गरेको कुरा बताए।
नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. को सभापतित्व तथा डा.खगेन्द्र लुईँटेल को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा.खगेन्द्र लुईँटेल,विमला निरौला,रेणुका थापा सोलु र सन्ध्या पहाडीले शुभकामना मन्तव्य राखेका थिए भने नेपाल च्याप्टर उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य राखेका थिए।
सोही अवसरमा प्रमोद तारणद्वारा लिखित हाइकु सङ्ग्रह “असर्फी” को विमोचन गरिएको थियो तथा राष्ट्रकवि घिमिरेको जन्मजयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार विजेता सुन्दर शिरिषलाई नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो । सुन्दर शिरिषले पुरस्कृत कविता पनि वाचन गरेका थिए ।
कार्यक्रमको सञ्चालन मञ्जिला अनिलले गरेकी थिइन्।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *